Comments Add Comment

रुपन्देही कांग्रेसको दावीः सरकारबिरुद्ध भैरहवामा ५० हजार कार्यकर्ता उतार्ने

बालकृष्ण खाँड लगायतले सम्बोेधन गर्ने

१४ साउन, बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध सोमबार रुपन्देहीको भैरहवामा बिरोध प्रदर्शन गर्ने भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायवादतर्फ उन्मुख भएको र जनविरोधी काम गरिरहेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले कार्यकर्तालाई सडकमा उतार्न लागेको जनाएको छ ।

भैरहवामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले मंगलबार भैरहवामा हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिउको छ ।

सरकारले विधिको शासनको उल्लघंन गर्दै  स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारविरुद्ध भैरहवामा ५० हजार कार्यकर्ता उतार्ने बताए ।

भैरहवामा प्रदर्शनसहित विरोधसभा गरिने उनको भनाइ छ ।

कम्युनिस्टको सरकार आए जनताले रुन पनि पाउदैनन् भन्ने कांग्रेसको भनाइ अहिलेको सरकारले पुष्टि गरेको पूर्वमन्त्री समेत रहेका रज्जाकले बताए ।

संविधानअनुसार सभामुख र उपसभामुख अलग अलग दलबाट व्यवस्था हुनुपर्ने आवाज नेपाली कांग्रेसले उठाउँदै आएको समेत उनले स्मरण गराए ।

भैरहवाको बर्मेलीटोलबाट सुरु हुने विरोध प्रदर्शन र्‍यालीसहित मिलनचोकमा आएर विरोधसभामा परिणत हुने कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले बताए ।

सभालाई नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँडलगायतले सम्बोेधन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment