Comments Add Comment

पर्साको बहुदरमाईमा वेवारिसे शव भेटियो

सांकेतिक तस्वीर

१४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका ४ डकैला बहुअरीमा वेवारिसे शब फेला परेको छ । तराई मूलको जस्तो देखिने अन्दाजी ३० वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो ।

डकैला बहुअरीमा तिलावे पुलको तल फोहोरमा अडि्कएको अवस्थामा वेवारिसे शव फेला परेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

‘शव तिलावे नदीबाट बगेर आएको हुनसक्छ’ उनले भने ‘उनको पहिचान खुलाउन तथा घटनाका बारेमा तथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

सेतो सेण्डो गञ्जी र जिन्सको हाफ पाइन्ट लगाएको उनलेे घाँटीमा हनुमानको लकेट र जन्तर समेत लगाएको प्रहरीले जनाएको छ । मृतकको कपाल छोटो छ । दुई तीन दिनअघि नै उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment