+
+

२० ब्वायफ्रेण्डका आइफोन बेचेर युवतीले किनिन् घर !

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते ९:२८


अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् ।

चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्नका लागि एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् । आफ्ना सबै २० ब्वायफ्रेण्डसँगबाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन् ।

ती युवतीको नाम शायली भएको बताइएको छ । उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् । कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो ।

त्यो रकम घर किन्नका लागि पर्याप्त थियो । शायलीले सोही पैसाले आफ्ना लागि घर खरीद गरिन् । आफ्ना बुवाआमा निकै बुढा भएका र आफुलाई जसरी पनि बस्ने घर किन्ने दबाब परेकोले आफुले त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?