+
+

नेपाली कामदारको समस्या मलेसियाको मन्त्रिपरिषदमा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १४:००


१५ साउन, काठमाडौं । मलेसियाको मन्त्रिपरिषदमा नेपाली कामदारहरुको विषयमा छलफल गर्ने मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले बताएका छन् ।

आँउदो शुक्रबारको साप्ताहिक बैठकमा मुख्य रुपमा नेपाली कामदार आपूर्तीको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरी दुवै देशलाई फाइदा हुने किसिमले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

कुलासेगरनका अनुसार नेपालबाट मलेसिया कामदार आपूर्ति गर्ने बेलामा स्थानीय कम्पनीहरुको भूमिकाको बारेमा समेत छलफल हुने छ ।

नेपाली कामदार मलेसिया पठाउने क्रममा सिन्डिकेट लगाई कामदारहरुबाट अरबौं नेपाली रुपैंया ठगिएको भन्दै नेपालले मलेसियामा कामदार पठाउने बन्द गरेको छ ।

सिन्डिकेटधारी व्यावसायीहरुलाई नेपालको मात्रै नभई मलेसियाका उच्च तहका कर्मचारीहरु र राजनीतिज्ञहरुको पनि साथ रहेको समाचारहरु प्रकाशन भएपछि मलेसिया सरकारले यसबारेमा पनि छानबीन गर्ने तयारी गरेको हो ।

मलेसिया सरकारले यस प्रकरणमा छानबिन गरि अनियमिततामा संलग्नहरुलाई कारबाही गर्ने बताएको छ ।

मलेसिया सरकारले यस समस्याको समाधान गरी नेपाली कामदारहरु सहज रुपले मलेसिया आउने वातावरण बनाउन प्रतिबद्ध भएको जनाएको छ ।

कामदारहरु माथि ठगीको गुनासो धेरै आएपछि नेपाल सरकारले दुई महिना अघि मलेसिया कामदार पठाउन बन्द गरेको थियो ।

नेपाल सरकारले यस विषयमा छानबिन गरिरहेको बताउँदै कुलासेगरनले भन,े ‘नेपाली कामदारहरुले मलेसिया आउने क्रममा धेरै समस्या भोग्ने गरेको बारे हामी जानकार छौं ।’

मलेसियामा कार्यरत करीब १७ लाख विदेशी कामदार मध्ये झण्डै चार लाख जति नेपाली कामदारहरु रहेका छन् । नेपाली कामदारहरुको आपूर्तीबन्द भएपछि विशेषगरि सेक्युरिटी क्षेत्रमा धेरै असर परेको बताइएको छ ।
-द स्टारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?