Comments Add Comment

कम्युनिस्ट सरकार एकादेशको कथा बन्ने नेता बडुको टिप्पणी

१५ साउन, काभ्रे । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले कम्युनिस्ट सरकार एकादेशको कथा हुने टिप्पणी गरेका छन् ।

जनताका हितभन्दा कानुनी मिचाइ र जनताका सपनामा खेलवाड गरेकोले भन्दै नेता बडुले त्यसको परिणाम स्वरूप नेपालको कम्युनिस्ट सरकार एकादेशको कथा बन्ने जिकिर गरे ।

सरकारविरुद्ध काभ्रेमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ०७४/०७५ मा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाएको कम्युनिस्ट एउटा इतिहासमै सिमित हुने टिप्पणी गरेका हुन् । ‘सरकार यसरी नै काम गर्दै गएमा नेपालबाट कम्युनिस्ट सकिन्ने छ ।’ उनले भने ।

कार्यपालिका र न्यायपालिका स्वन्तत्र हुनेमा अहिलेको सरकारले कार्यपालिका र न्यायपालिका आफ्नो अधिनमा चलाउने प्रयास गरिरहेको आरोप लगाए । अघि भने, ‘म सरकारलाई सच्चिन आग्रह गर्दछु, सरकार सच्चिएन भने सरकारको आयु आफैले घटाउँछ, नेपाली कांग्रेसको यो आन्दोलन कास्टिङ्ग मात्रै हो ।’

विरोधसभामा नेपाली कांग्रेसका नेता कार्यकर्ताले धुलिखेल बसपार्कबाट हजारसिंढी चोकसम्म र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment