Comments Add Comment

पूर्वसांसद जोशीको निधन

१६ साउन, काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ ।

बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

२०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

दिवंगत नेता जोशीका २ छोरा र ३ छोरी छन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उन आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment