Comments Add Comment

मरेको १० दिनपछि महिलाले जन्माइन् बच्चा


१० दिनअघि मरेकी महिलाको अन्त्येष्टिका लागि लैजाने क्रममा मानिसहरु तब अचम्ममा परे जब महिलाको लास राखिएको कफन खोलियो ।

दक्षिण अफ्रिकाको एक गाउँमा यस्तो घटना भएको छ । अन्त्येष्टिका लागि महिलाको शव लगिरहेका शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा झसँग भए । कफनभित्र मृतक महिलाको शव त थियो नै उनले जन्माएको जीवित नवजात शिशु पनि थियो ।

३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी महिला ९ महिनाकी गर्भवती थिइन्, जतिबेला उनको मृत्यु भयो । आमाको मृत्यु भएपछि पेटको बच्चा पनि मर्दछ भन्ने सबैको अनुमान भयो र उनको अन्त्येष्टिको तयारी गरियो र पार्थिव सरीर परिवारलाई सुम्पिइयो ।

अन्त्येष्टिका क्रममा कफन खोलेर हेर्दा जब महिलाको मृतक सरीरसँगै ती महिलाले जन्माएको मृत अवस्थाको शिशु देख्दा त शवघरका कर्मचारीहरु अचम्ममा परे ।

महिलाको मृत्यु भैसकेपछि उनको शवलाई शवगृहमा राखिएको बेला उनको पेटमा रहेको बच्चा कफिनभित्रै आफै जन्मिएछ । यद्यपि शवगृह भित्रको चिसोका कारण बालक धेरै समय बाँचेनछ र कफिन भित्र मरेको रहेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment