Comments Add Comment

विमान ध्वस्त, तर १०३ यात्रु नै बचे, कसरी ?


१७ साउन, काठमाडौं । ‘आगोको मुस्लो थियो र मलाई ज्यान बचाउन दौडिनु थियो । मानिसहरु चिच्याइरहका थिए ।

उनीहरुलाई ज्यानको माया थियो । यो कुनै चमत्कार भन्दा कम थिएन कि मृत्यु हामीलाई छोएर भाग्यो ।’

ज्याकलिन फ्लोर्स यसो भन्दा भावुक भए । उनी सवार विमान मंगलबार मेक्सिकोको दुरंगो शहरमा दुर्घटना भएको थियो ।
विमानमा उनीसहित १०२ जना थिए । उडान भरेको पाँच मिनेटमा नै विमान दुर्घटनामा पर्‍यो ।

ज्याकलिन भन्छन्, ‘विमानमा क्षति पुगिसकेको थियो र आगो लागिरहेको थियो । मानिसहरु चिन्तित थिए । अचानक हाम्रो विमान नराम्रोसँग हल्लियो । विमान अनियन्त्रित भयो र जमिनमा खस्यो ।’

दुरंगोका गभर्नर जोस रोसासका अनुसार विमान अचानक आँधीको चपेटामा परेको थियो, जसका कारण दुर्घटना भयो ।

जमिनमा खसेपछि पवि विमान घिस्रिएर करिव ३०० मिटर अगाडि पुग्यो । दुर्घटना भएको केहीबेरमा विमानभित्र धुँवा भरिएको थियो । तर, इमर्जेन्सी सेवा पुग्नुअघि नै सबै यात्रु बाहिर आउन सफल भए ।

विमानमा नौ नाबालिग, दुई बच्चा, दुई पाइलट, दुई फ्लाइट अटेन्डेन्स र बाँकी यात्रु थिए । सबै सकुशल छन् ।

अधिकारीहरुका अनुसार केहीलाई समान्य चोट लागेको छ भने केही गम्भीर घाइते भएका छन् ।

यसलाई धेरैले चमत्कार भनेका छन् । गर्भनरका अनुसार विमान जुन स्थितिमा उडिरहेको थियो, त्यही स्थितिमा जमिनमा खस्यो । अर्थात पल्टियो, न अगाडि वा पछाडिको भाग तलमाथि भयो ।

उनी भन्छन्, होरिजेन्टल पोजिसनमा खसेका कारण विमानको ढोका सहजै खुल्यो र भित्र आउनको मुस्लो पस्नुअघि नै सबै बाहिर आउन पाए ।’

एभिएसन वेबसाइट ट्रान्सपन्डर १२०० का सम्पादकीय निर्देशक गिल्मो गाल्भनका अनुसार तीन कारणले यो ‘चमत्कार’ भयो ।

पहिलो : विमान दुर्घटना हुँदा पनि यसको स्वरुपमा ठूलो क्षति भएन । यात्रुहरु निस्किँदासम्म धेरै हदसम्म सही सलामत थियो ।

दोस्रो : पाइलट र फ्लाइट अटेन्डेन्सले इमर्जेन्सीको स्थितिमा त्यो सबै उपाय अपनाए, जुन जरुरी थियो । उनीहरुले निकै सुझवुझका साथ काम गरे ।

तेस्रो : यात्रीहरुले सबै निर्देशन पालना गरे, जुन उनीहरुलाई दुर्घटनाका क्रममा दिइएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment