Comments Add Comment

सानिया मिर्जामाथि पनि बन्ने भयो बायोपिक


बलिउडमा यतिबेला खेलाडीहरुको बायोपिक बनाउने होड चलिरहेको छ । क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक हिट भएपछि निर्माता-निर्देशकहरु अन्य राष्ट्रिय स्तरका चर्चित खेलाडीहरुको पछि दौडिरहेका छन् ।

हालै भारतीय हक्की टिमका पूर्व कप्तान सन्दीप सिंहमाथि बायोपिक ‘सुरमा’ निर्माण भयो । यसका अलावा अभिनेतत्री श्रद्धा कपुरलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक बनिरहेको छ । हालै अनिल कपुरका छोरा हर्षवर्द्धन कपुरले पूर्व प्रोफेसनल सुटर अभिनव विन्द्राको बायोपिकमा अभिनय गरेका थिए ।

अब पालो आएको छ सानिया मिर्जाको । चर्चित टेनिस खेलाडी सानिया मिर्जामाथि प्रोड्यूसर रानी स्क्रुवालाले बायोपिक बनाउन लागेकी हुन् । यसका लागि उनले सानियासँग सहमति पनि लिइसकेकी छन् । सानियामाथि फिल्म बनाउन अरु पनि थुप्रै निर्माताले प्रयास गरेका थिए । तर, रानीले बाजी मारेकी छन् ।

उनी अहिले फिल्मका लागि निर्देशकको खोजीमा छिन् । निर्देशक छनोटपछि कलाकारहरु चयन गरिने बताइएको छ । अहिले फिल्मको स्त्रिmप्टको काम भइरहेको छ ।

यो फिल्ममा सानियाको टेनिस करिअर तथा व्यक्तिगत जिवनलाई प्रस्तुत गरिनेछ । सानियाले पाकिस्तानी क्रिकेट खेलाडी सोयब मल्लिकसँग बिहे गरेकी थिइन् । उनी अहिले गर्भवती छिन् । पाकिस्तानी नागरिकसँग बिहे गरे पनि उनले टेनिसमा भने भारतकै प्रतिनिधित्व गर्दै आएकी छन् । सानियाले ६ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी हुन् । सन् २००३ मा उनले महिलाहरुको बिम्बल्डन डबल्सको टाइटल जितेकी थिइन् ।

भारत सरकारले सानियालाई विभिन्न पुरस्कार तथा पदकहरुले सम्मानित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment