Comments Add Comment

संघीयता कार्यान्वयनमा सहयोग जुटाउन दाता सम्मेलन गर्ने तयारी


१९ साउन, काठमाडौं। सरकारले संघीय संरचना कार्यान्वयनका लागि दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ ।

आर्थिक पत्रकारहरुको संगठन सेजनले शशनिबार राजधानीमा गरेको अन्तरक्रियामा अर्थ सचिव राजन खनालले दातृ निकायले उपलब्ध गराउने ५ बर्षे सहायता सम्बन्धमा छुट्टै छलफल गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए ।

विशेष गरेर संघीय संरचना कार्यान्यनका लागि सहायता रकम बढाउन आग्रह गर्ने गरी दातृ निकायको सम्मेलन गर्ने तयारी मन्त्रालयले गरिरहेको उनले स्पष्ट पारे ।

अर्थसचिव खनालले अहिलेको बजेट पुर्ण वित्तिय संघियताको बजेट भएको बताए । प्रशासन, राजश्वका दरहरुको अभ्यास गर्ने काम तीनै तहमा संगसंगै भईरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment