Comments Add Comment

एनआईइसीको ‘अष्ट्रेलिया/न्युजिल्यान्ड एजुकेशन फेयर’

२० साउन, काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एन आई इ सी ) ले अष्ट्रेलिया, न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित उक्त मेला यहि साउन २१ गते अर्थात अगष्ट ६ मा एनआइईसी लेआफ्नो केन्द्रिय कार्यलय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्स भवनको चौथो तलामा एकदिने मेला आयोजना गर्न लागेको हो ।

परामर्श लिन चाहने विद्यार्थी तथा अभिभावकहरुले सो मेलामा निशुल्क प्रवेश पाउने छन् । विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढि विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुनेछ ।

विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउनेप्रतिनिधिहरुबाट आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् । मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाउने एनआई इ सी का प्रवन्ध निर्देशक सपना राजभण्डारीले बताइन् ।

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन आदि लगायतका महत्वपूर्ण जानकारीहरुएकै स्थानमा सहजै प्राप्त हुनेछ ।

परामर्श सेवा प्रदान गर्ने संस्थाहरु मध्ये निकै पुरानो अनुभवी र अग्रणी स्थानमा रहेको एनआईसीले विशेषगरी अष्ट्रेलिया र न्युजिल्यान्ड, युएस युके , आयरल्यान्ड, क्यानडा लगायतका लागि सेवा प्रवाह गर्दै आइरहेको छ ।

आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्देश्य अनुरुप आइटी, नर्सिङ, म्यानेजमेन्ट, पब्लिक हेल्थ, इन्जिनियरिङलगायतका विषयबारे पनि जानकारी लिन सक्ने छन् । मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिलरको उपस्थितीहुनेछन्, त्यस्तै बैंक पार्टनर सिभिल बैक, एनएल आईसिसिलगायतको पनि सहभागिता हुनेछ ।

कन्सल्टेन्सीले विद्यार्थीलाई वातावरण अनुकुलित शिक्षा, हाइटेक प्रविधिमा विषय विशेषज्ञ प्रशिक्षकहरुबाट अध्यापन गराउँदै आइरहेको छ ।

उक्त एक दिने मेलामा डकुमेन्टेसन र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिनेछ साथै मेलामा सहभागी विद्यार्थीहरुलाई व्यवस्थित तथानिःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment