Comments Add Comment

वर्षा र ट्रिपरका कारण ग्रामिण सडकको कन्तविजोग

२० साउन, काभ्रे । दिनहुँको वर्षा र ट्रिपरले बाटो विगार्दा ग्रामिण सडकको अवस्था दयनीय बनेको छ । काभ्रेको दोलालघाट–हिगुवापाटी सडक खण्ड वर्षा र ट्रिपरले बाटो विगार्दा पैदलयात्रु तथा साना सवारी साधनहरुलाई आवातजावत गर्न नै समस्या देखिएको हो ।

यस सडक खण्डमा दैनिक रुपमा ढुंगा, माटो, रोडा, बालुवा लगायतका सामाग्री ओसारपसार गर्न ट्रिपरहरु गुड्ने गरेका छन् । उक्त सडक कृषि सडकको रुपमा सरकारले योजनामा समेत समावेश गरेको छ ।

कच्ची सडकको अवस्था दुरावस्था बनेपछि स्थानीय उत्पादनहरु दोलालघाट बजारसम्म पनि पुर्याउन नसकेको स्थानीयको गुनासो छ । यस सडक खण्ड हुँदै तरकारी तथा दुधहर दैनिक रुपमा स्थानीयले दोलालघाटसम्म पुर्याएर बिक्री गर्ने गरेका छन् ।

कृषक साथै स्थानीय विद्यार्थीलाई समेत यसको असर परेको छ । दैनिक रुपमा संयौको संख्या आवातजावात गर्ने विद्यार्थीहरुलाई सडक विग्रिदा समस्या देखिएको छ ।

‘कच्ची नै भए पनि पहिलापहिला सडकको अवस्था यस्तो हुँदैन थियो’ स्थानीय भन्छन्, ‘पछि खोला किनारामा क्रशरहरु सञ्चालनमा ल्याइयो त्यो क्रशरसम्म जाने ट्रिपरका कारण बाटोको यस्तो अवस्था भएको हो ।’

कि क्रशर बन्द गर्नु पर्ने कि सडकको मर्मत सम्भार गरेर ट्रिपर सञ्चालन गरे यात्रुहरुलाई आवातजावत गर्न समस्या नहुने स्थानीय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment