Comments Add Comment

उपचारको क्रममा विद्यार्थीको मृत्यु भएपछि भैरहवा मेडिकल कलेजमा तनाव

२० साउन, बुटवल । कलेजमै अध्ययनरत विद्यार्थीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवा मेडिकल कलेजमा आइतबार तनाव सिजर्नना भएको छ ।

सोही कलेजमै बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी जनकपुरका महादेव साहको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएपछि विद्यार्थीहरु बिरोधमा उत्रेका छन् ।

गुप्ताङ्गमा पिलो जस्तो खटिरा देखिएपछि दिनअघि साहले आफ्नै कलेजको अस्पतालमा उपचार गराएका थिए ।

उनलाई त्यहीका इन्टर्नले उपचार गरेको र चिरफार गर्नुपर्ने बताएपनि साहले शुक्रबारको आन्तरिक परीक्षा प्रभावित हुने भन्दै औषधि लिएर होस्टेल फर्केको साहसागै अध्ययनरत एक जना विद्यार्थीले बताए ।

साहका साथीहरुका अनुसार उनले औषधि खानथाले देखिनै कमजोरी महसुस भएको बताएका थिए ।

शनिबार बढी नै रिङ्गटा लागेको र कमजोरी भएको भन्दै अस्पतालको इमरजेन्सीमा भर्ना भएका उनको राति नै मृत्यु भएको श्रोतको दावी छ ।
राति पौने १० बजेतिर इमरजेन्सीमा भर्ना भएका उनलाई तत्कालै आईसीयुमा लगिएको र बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

इमरजेन्सीमा जाादादेखिनै उनको अवस्था नाजुक भएपनि आफनै बिद्यार्थीको उपचारमा चिकित्सक नगएको इन्टर्न र जिआर मात्रै खटाएर अस्पतालले लापरबाही गरेको विद्यार्थीहरुको गुनासो छ ।

उपचारमा गम्भीर लापरबाही भएको भन्दै विद्यार्थीहरुले छानबिनको माग गरेका छन । आक्रोशित विद्यार्थीको भीडले अस्पतालमा तोडफोडसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment