Comments Add Comment

दाङमा बस बग्यो, नेपालगञ्ज डुब्यो

२१ साउन, घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको  ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछन् ।

यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।

नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावित भएको छ । गाडी पनि चल्न सकेका छैनन् । बजार पसलमा पानी पसेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको छ।

पानीको निकासको राम्रो प्रवन्ध नहुँदा हरेक पटक नेपालगञ्ज डुबानमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment