+
+

निक्षेप र लगानीमा एनआइसी एशिया अघि, मूनाफामा नेपाल बैंक

रोयल आचार्य रोयल आचार्य
२०७५ साउन २३ गते ११:०४


२२ साउन, काठमाडौं । मुलुकमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०७४/७५ को अन्तिम त्रैमासको वित्तीय विवरण हालसम्म ६ वटा बैंकहरुले मात्रै सार्वजनिक गरेका छन् ।

मंगलबारसम्म सार्वजनिक भएका आधा दर्जन वाणिज्य बैंकहरुमध्ये मूनाफाका आधारमा नेपाल बैंक अग्रपंक्तिमा देखिएको छ । यस अवधिसम्म सबैभन्दा धेरै नेपाल बैंकले नाफा नै कमाएको छ ।

गत वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको वित्तीय विरण अनुसार नेपाल बैंकले ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशतले बढेको हो । यस बैंकले ब्याज आम्दानीबाट बैंकले ६ अर्ब ३६ करोड रुपैयाँ कमाएको छ ।

मूनाफा आर्जनका हिसाबले एभरेष्ट बैंक दोस्रो स्थानमा देखिएको छ । यस बैंकले उक्त अवधिमा २ अर्ब ७० करोड ४७ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १७.९० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब २९ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो ।

सोही अवधिमा २ अर्ब ४५ करोड ९७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएर सिद्धार्थ बैंक तेस्रो स्थानमा देखिएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १९.९९ ५ धेरै हो ।

अघिल्लो वर्ष बैंकले २ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले ३ अर्ब ५१ करोड ३८ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यसैगरी चौथो स्थानमा देखिएको ग्लोबल आइएमइ बैंकले १ अर्ब ९८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो भने एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा गर्दै एनआइसी एसिया बैंक पाँचौ स्थानमा देखिएको छ । यस बैंकले अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरु मध्ये मूनाफाका आधारमा सिटिजन्स बैंक अन्य भन्दा अलि कमजोर देखिएको छ । यस बैंकले यस अवधिमा १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यसले नाफामा ३०.२१ प्रतिशतले बृद्धि गरेको हो । अघिल्लो बर्ष १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ६७ लाख रुपैयाँ गरेको छ ।

कर्जा र निक्षेप दुबैमा एनआईसी एशिया बलियो

गत आर्थिक वर्षको अन्तिम त्रैयमासको वित्रीय विवरण अनुसार कर्जा लगानी तथा निक्षेप संकलन दुबैमा एनआईसी एशिया बैंक अगाडि देखिएको छ ।

यस बैंकले असार मासन्तसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस बैंकले १ खर्ब २१ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

निक्षेप संकलनतर्फ एभरेष्ट बैंक दोस्रो स्थानमा देखिएको छ भने कर्जा लगानीतर्फ भने दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक देखिएको छ ।

यस अवधिमा एभरेष्ट बैंकले असार मासान्तसम्म १ खर्ब १४ अर्ब ८५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । बैंकले असारमसान्तसम्म ९२ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ ऋणमा लगानी गरेको छ । लगानीमा ग्लोबल आइएमई भन्दा एभरेष्ट पटाडि देखिएको छ ।

लगानीतर्फ दोस्रो स्थानमा देखिएको ग्लोबल आइएमईले ९३ अर्ब ३७ करोड रुपैयाा कर्जा लगानी गरेको छ । १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ग्लोबल आईएमई तेस्रो स्थानमा देखिएको छ ।

यसैगरी निक्षेप तथा कर्जा लगानीको आधारमा सिद्धार्थ बैंक चौथो स्थानमा देखिएको छ । सिद्धार्थले निक्षेप संकलन पनि ७७ अर्बबाट बढाएर १ खर्ब १ अर्ब ७४ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी पनि ६७ अर्ब १३ करोडबाट बढाएर ८६ अर्ब १३ करोड ३३ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?