Comments Add Comment

तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

२२ साउन, काठमाडौं । तमिलनाडुका पूर्वमुख्यमन्त्री एवं डीएमकेका अध्यक्ष एम करुणानिधिको निधन भएको छ ।

९४ वर्षका उनको स्थानीय समयअनुसार ६:१० बजे चेन्नईको एक निजी अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि उनी २८ जुलाईमा कोवरी अस्पतालमा भर्ना भएका थिए ।

उनी २०१६ अक्टोबरबाट अस्वस्थ थिए । त्यसबेला उनको घाँटी र फोक्सोमा इन्फेक्सन भएको थियो ।

करुणानिधि करिव ८ दशकदेखि राजनीतिमा सक्रिय थिए । उनी ५ पटक तमिलनाडुका मुख्यमन्त्री भए । १३ पटक विधानसभाको चुनाव लडे र हरेक पटक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment