Comments Add Comment

आलोकाँचो सूचना मागेर अप्ठेरोमा पारिन्छ : लालबाबु पण्डित


२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिपक्व नभई सूचना नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले आलोकाँचो सूचनाले परिणाम राम्रो नदिने भन्दै समय आएपछि मात्रै सूचना दिन मातहतका निकायलाई सचेत गराएका हुन् । उनले मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म नदिने कानुनी प्रावधान रहेको दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँगको सूचनाको हकसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सूचना समय नआई दिँदा त्यसले सरकारलाई अप्ठयारोमा पार्ने गरेको पनि स्मरण गराए ।

उनले संचारकर्मीहरुले आलोकाँचो सूचना मागेर अप्ठयारोमा पार्ने गरेको गुनासो पनि गरे ।

मन्त्री पण्डितले परिपक्व भएपछि भने सूचना दिन कन्जुस्याई गर्न नहुने पनि बताए । उनले सूचनाको हक पाउने नागरिकको अधिकार हनन् हुन नदिन सरकार सचेत रहेको पनि दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment