Comments Add Comment

रौतहटमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

२३ साउन, रौतहट । रौतहटमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका र बौद्धिमाई नगरपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।

इशनाथ नगरपालिका-९ डुमरीयास्थित सखुवा खोलामा डुब्दा १९ वर्षीया हसिना खातुनको मृत्यु भएको छ । बाख्रा चराउन गएकी खातुन हातमुख धुने क्रममा चिप्लिएर खोलामा डुबेकी थिइन ।

खोलामा डुबेर बेपता भएकी खातुनलाई स्थानीय र प्रहरीको सहयोगमा झण्डै १ घण्टापछि मृत अवस्थामा फेला पारेको थियो ।

यस्तै बौद्धिमाई नगरपालिका-७ बंकुल टोलमा करेण्ट लागेर ४५ वर्षीय सोगारत रामको मृत्यु भएको छ ।धानबारीमा पानी हाल्न मोटर जोड्ने क्रममा करेन्ट लिंक हुँदा उनाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

दुवै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment