Comments Add Comment

‘रामकहानी’ र ‘रोजी’ जुधाउने योजना बोर्ड अध्यक्ष निकिताको: पूजा शर्मा

निकिता भन्छिन्, म 'रोजी'को निमात्री नै होइन


भदौ २२ गते दुई चर्चित नेपाली फिल्म जुध्न लागेबमे विषयले यतिबेला फिल्म क्षेत्रलाई तताएको छ । चलचित्र ‘रामकहानी’ रिलिज हुने दिनमा नै ‘रोजी’ रिलिज गर्ने घोषणा भएपछि दुई पक्षबीच विवाद उब्जेको हो ।

चलचित्र ‘रामकहानी’की निर्मात्री तथा नायिका पूजा शर्माले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको योजनामा चलचित्र जुधाइन लागेको आरोप लगाएकी छिन् । फेसबुकमा पूजाले निकितालाई ईंगित गर्दै लेखेकी छन्, ‘तपाईंले मेरो चलचित्र रामकहानीसँग जुधाउनु पर्छ भनेर गरेको प्लानको बारेमा जानकारी पाइसकेको छु ।’

पूजाले पाएको जानकारीबारे भने केही पनि खुलाएकी छैनन् । चलचित्र विकास बोर्डको अध्यक्ष जस्तो पदमा बसेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने ठाउँमा एक महिलाले नै बनाएको चलचित्रसँग जुधाउने खेल खेलेको भन्दै पूजा निकिताप्रति आक्रोशित भएकी हुन् । ‘रोजी’ को निर्देशन निकिताका भाई निरक पौडेलले गरिरहेका छन् । यो चलचित्रमा प्रदिप खड्का, परमिता आरएल राणा, मिरुना मगर मुख्य भूमिकामा छन् ।
म निर्मात्री होइनः निकिता

पूजाले लगाएको आरोपको चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भने खण्डन गरेकी छिन् । उनले आफू चलचित्र ‘रोजी’को निर्मात्री नभएको बताउँदै आफूलाई यस्तो राजनीति गर्न नआउने पनि बताइन् । निकिताले आफूले गोपिकृष्ण मुभिजको ब्यानर छाडिसकेको र टीभी फिल्मीको ब्यानरबाट चलचित्र बनाउने गरेको जानकारी दिइन् ।

तर, स्रोतका अनुसार चलचित्र विकास बोर्डमा ‘रोजी’ निकिताकै नाममा दर्ता छ । फिल्ममा भने उनको नाम निर्मात्रीको रुपमा उल्लेख गरिएको छैन ।

पूजाले यो बिषयमा आफूसँग एकपटक कुरा गरेको भए स्पष्ट हुने थियो भन्दै निकिताले आफूलाई विनाकारण मुछिएको भन्दै असन्तुष्टी जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment