Comments Add Comment

नेप्से परिसुचकमा ६.६९ अंकको गिरावट

२४ साउन, काठमाडौं । साताको अन्तिमदिन बिहीबार पनि पूँजी बजार लगानीकर्ताका लागि सुखद् बनन सकेन । बिहीबार नेप्से परिसुचकमा ६ दशमलव ६९ अंकको गिरावट आउदा लगानीकर्ताका लागि साताको अन्तिमदिन समेत दुखद् बनेको हो ।

१ हजार १ सय ८७ दशमलव ४२ अंकबाट शुरु भएको कारोबार ६ दशमलव ६९ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १ हजार १ सय ८० दशमलव ६३ अंकमा आइपुगेको छ । बुधबार र मंगलबार भने सेयर बजारमा झिनो अंकको गिरावट देखिएको थियो ।

बिहीबार दिनभरमा आज १ सय ६३ कम्पनीहरुका ८ लाख ६९ हजार ३०७ कित्ताको सेयर किनबेच भएका छन् । जस अनुसार १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment