Comments Add Comment

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर

२४ साउन, काठमाडौं । गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

अदालतका रजिष्टार नारायण पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment