+
+

चितवन बारको अध्यक्षमा कमल पाठक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २६ गते ७:५४

२६ साउन, चितवन । चितवनका कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमल पाठक विजयी भएका छन् ।

प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का तर्फबाट अध्यक्षका उम्मेद्ववार नीलकण्ठ अधिकारीलाई ९ मत अन्तरले पराजित गर्दै पाठक विजयी भएका हुन् । पाठकले ९३ मत प्राप्त गरे भने अधिकारीले ८४ मत प्राप्त गरे ।

आगामी दुई वर्षे कार्यकालका लागि शुक्रबार निर्वाचन भएको  थियो ।

उपाध्यक्षमा पीएलएका हरि मैनाली विजयी भए । यस्तै सचिवमा डिएलएका धर्म वाग्ले विजयी भएका छन् ।

कोषाध्यक्षमा पिएलएका सुर्यबहादुर बोहोरा र सहसचिवमा डिएलएका तर्फबाट उम्मेद्ववार बनेकी गोमा न्यौपाने विजयी भएकी छन् ।

१३ सदस्यीय कार्यसमितिमा सचिव र सहसचिव र एक कार्य समिति सदस्य डिएलएले जितेको छ ।  बाँकी सबैमा पीएलए विजयी बनेको छ । ८ जना केन्द्रीय पार्षदमा ७ पीएलएले जित्दा एक सदस्य भने डीएलएले जितेको छ ।

१९१ सदस्यीय चितवन जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा १८३ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?