+
+

नेक्सनले पायो दुर्घटनाको सुरक्षा परीक्षणमा ४ स्टार

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते ८:१२


२८ साउन, काठमाडौं । ग्लोबल न्यु कार एसेसमेन्ट प्रोग्रामले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको नतिजा सार्वजनिक गरेको छ । टेस्टमा नेक्सनले राम्रो नतिजा ल्याएको छ । यसमा नेक्सनले ४ स्टार रेटिङ पाएको छ । यो टेस्ट भारतमा बनेको नेक्सनमा गरिएको थियो ।

एडल्ट इक्विपमेन्ट प्रोटेक्सनमा नेक्सलाई ४ स्टार मिल्दा चाइल्ड इक्विपमेन्ट प्रोटेक्सनमा ३ अंक मिलेको छ । बडीको मजबुतिको कारण नै नेक्सनले राम्रो नतिजा ल्याएको देखिएको छ । नेक्सनलाई ६४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडाएर मजबुत संरचनामा ठोक्काइएको थियो ।

जसमा अघिको भागमा क्षति भएपछि एयरब्याग समयमै खुल्यो । परीक्षणकर्ता कम्पनीले नेक्सनका चालक र यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो देखिएको जनाएको छ ।

सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट सावी भएको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?