Comments Add Comment

कर्णाली नदीमा खतराको संकेत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

२८ साउन, कैलाली । कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

कर्णाली नदीमा पानीको वहाव १०.१५ मिटरमा पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरेका छन् ।

कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ । कर्णाली लीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिर बाढी हुने सम्भावना हुन्छ ।

तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली पठाइसकिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

सुदूरपश्चिमको पहाडी जिल्लातिर पानी निरन्तर परिरहेकाले राती कर्णालीमा पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कारुम्बाङले पनि सूचना जारी गरी कर्णालीमा पानीको सतह खतराभन्दा माथि रहेकाले तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment