Comments Add Comment

‘गोपी’बाट खगेन्द्र पनि बाहिरिए, अब सुरक्षा र बर्षासँग विपिनको जोडी


छायांकन सुरु हुनु अगावै चलचित्र ‘गोपी’बाट कलाकारहरु बाहिरिने र भित्रिने क्रम रोकिएको छ । केही दिन अगाडि नायिका बर्षा सिवाकोटी यो चलचित्रबाट बाहिरिएकी थिइन् । बर्षा सिवाकोटी बाहिरिएसँगै चलचित्रमा नायिका बर्षा राउत भित्रिएकी थिइन् ।

अब, चलचित्रको शिर्ष भूमिकामा काम गर्न लागेका कलाकार खगेन्द्र लामिछाने पनि चलचित्रबाट बाहिरिएका छन् । यो चलचित्रमा खगेन्द्र बाहिरिदै गर्दा अर्का कलाकार विपिन कार्की भित्रिएका छन् । भदौ ३ गतेबाट छायांकनमा जान लागेको चलचित्रमा अब विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तले काम गर्ने भएका छन् । दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् ।

चलचित्रमा सामिप्यराज तिमिल्सिनाको लेखन छ । आज काठमाण्डौमा आयोजना भएको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामाले भने–‘खगेन्द्रजी र निर्माण टिमविच कथावस्तु र सोचमा कुरा नमिलेपछि उहाँ बाहिरिनुभएको हो । उहाँ बाहिरिएपनि हाम्रो सम्बन्ध विग्रिएको छैन ।’

यस्तै, चलचित्रमा सोमबार मात्र भित्रिएका कलाकार विपिन कार्कीले भने–‘चलचित्रको कथावस्तु पढेपछि म तयार भएको हुँ । चलचित्रका लागि मैले ६ दिन तयारीको समय मागेको हुँ ।’ नायिका बर्षा राउतले आफूलाई कथावस्तु मन परेकाले काम गरेको बताइन् । नायिका बर्षा सिवाकोटीले चलचित्रमा आफ्नो भूमिका छोटो भएर काम नगरेको बताएपनि राउतले भने भूमिका निकै राम्रो रहेको सुनाइन् । उनले, आफ्नो र बर्षाविच कुनै नराम्रो सम्बन्ध भने नरहेको बताइन् ।

नायिका सुरक्षा पन्तले बर्षा राउत भित्रिएपछि ग्ल्यामर र कलाकार भित्रिएको बताइन् । उनले, बर्षा सिवाकोटीले चलचित्रको टिमसँग सल्लाहा नगरेर गल्ती गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment