Comments Add Comment

एसिया कप छनोटः राष्ट्रिय टिममा सागर र विनोदको पुनरागमन

२ भदौ, काठमाडौं । सागर पुन र विनोद भण्डारीले राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् ।

एसिया कप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा हुँदा पुन र भण्डारी पनि अटाएका हुन् । पछिल्लो केही प्रतियोगितामा राष्ट्रिय टिममा नपरेका उनले मलेसिया प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल सदस्य छन् ।

किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी भने बैकल्पिक खेलाडीमा परेका छन् ।

नेपाली टोली सोमबार श्रीलंका जानेछ । त्यहाँ तीन वटा अध्यास खेल खेलेर एसिया कप छनोट खेल्ने मलेसिया पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment