Comments Add Comment

नेविसंघको म्याद तीन महिना थप

२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप भएको छ ।

मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि सहजिकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न तीन महिना समयावधि थप गर्ने निर्णय गरेको हो ।

महाधिवेशन अनिश्चित भएपछि कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा सहजिकरण संयन्त्र बनाएको थियो । संयन्त्रले तीन महिनाभित्र महाधिवेशन गर्ने कार्ययोजना ल्याउन कार्यसमितिलाई भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment