Comments Add Comment

फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

३ भदौ, काठमाडौं । फिजीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment