शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जय शम्भु’ले शनिबार काठमाण्डौको सिंगल हलमा सुखद व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्र हेर्न दर्शकको उपस्थिती राम्रो भएपछि देशभर यो चलचित्रको हल संख्या र शो पनि बढेको छ ।
चलचित्रले दर्शकको साथ पाइरहँदा यसका कलाकार शनिबार काठमाण्डौको गोपिकृष्ण हल पुगेका थिए । नायक अनुप विक्रम शाही, नायिका बर्षा सिवाकोटी, कलाकार प्रशान्त ताम्राकार हल पुग्दा दर्शकले उनीहरुलाई घेरे र सेल्फी खिचे । कलाकारले पनि चलचित्रलाई साथ दिएको भन्दै दर्शकलाई धन्यवाद दिएका थिए ।
रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको बजेट २ करोड भन्दा बढी छ । आज पनि चलचित्रको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको थियो । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायक अनुपविक्रम शाही र नायिका बषर्ा सिवाकोटी पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4