+
+

श्रममा लगाइएका बालबालिकाको पुनर्स्थापना गर्न प्रदेश सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते १८:२९

३ भदौ, सप्तरी । सप्तरीका बालबालिकाले श्रममा लगाइएका बालबालिकालाई पुनर्स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई आइतबार ज्ञापन पत्र पठाउँदै उनीहरुले पारिवारिक, आर्थिक स्तरोन्नति प्याकेजसहित बालबालिकाको पुनस्र्थापनाको माग गरेका हुन् ।

अन्यथा, बाल अधिकार रक्षार्थ बालबालिकाको आशु र पीडाको एजेण्डाको ब्यापार गर्नेविरुद्ध सशक्त रुपले प्रस्तुत हुने चेतावनी समेत ज्ञापनमा दिइएको छ ।

गत भदौ १ गते जनकपुरमा आयोजना गरिएको बालिका सम्मेलनका सहभागीलाई खाना खुवाउने कामसहित स्टेजको सजावट र व्यवस्थापनमा समेत बालबालिकाको प्रयोग भए पनि सम्बन्धित निकायले आँखा चिम्लेको भन्दै बालबालिकाहरुले विरोध जनाएका छन् ।

यसबारे आयोजकको पटक पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको बालअधिकारका लागि राष्ट्रिय अभियानका प्रदेश २ संयोजक अमर यादव र सह सयोजक सौरभ यादवले प्रशासन कार्यालयमार्फत पठाएको ज्ञापनपत्रमा लेखिएको छ ।

बालबालिकाहरुले बालबालिकाको पुनर्स्थापनाका लागि प्रदेशमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसस्थासहित सम्पूर्ण सरोकारवाला निकायको सहभागीतामो प्रादेशिक भेला आयोजनाका निम्ति सहजीकरण र समन्वय गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?