Comments Add Comment

यसरी भब्य रुपमा सकियो ‘टाटा कार मेला’


४ भदौ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स कार मेलाको सिजन-६ सम्पन्न गरेको छ । भदौ १ गतेबाट सुरु भएको मेला आइतबारसम्म चलेको थियो । मेलामा ३ हजारभन्दा बढी ग्राहकले अवलोकन गरे ।

मेलामा ४८४ वटा गाडी एक्सचेन्जका लागि आए भने ९८ वटा नयाँ गाडी बुकिङ भयो । ६ सय २ वटा टेष्ट ड्राइभ भएको छ । प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म काठमाण्डौको नक्साल ब्यांक्वेटमा मेला भएको थियो । यो मेला आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ ।

कार मेलाले ग्राहक तथा दर्शकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको कम्पनी बताउँछ । कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था थियो ।


मेला अवधिभर ग्राहकहरुले बुकिङ गर्दा गोला प्रथा मार्फत जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जानालाई २ वर्षको निःशुल्क सर्भिसिङ, ३ जनालाई कम्पि्रहेन्सिभ इन्स्योरेन्स, १ जनालाई ६ महिनाको निःशुल्क इन्धन दिइएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज पनि थियो । प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथामार्फत १ जनालाई वासिंग कुपन र १ जनालाई फुल ट्यांक इन्धन पनि दिइएको छ ।

फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल पनि राखिएको थियो । कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिने उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment