Comments Add Comment

बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

४ भदौ, काठमाडौं । “टोल टोल मा प्रहरी अभियान ” अन्तर्गत सामुदायिक सेवा समिति वडा नं १० को कार्यालय लाखेचौर नयाँ बानेश्वरमा “बृहत निःशुल्क स्वास्थ्य शिबिर” सम्पन्न भयो ।

कार्यक्रममा टोल नं ६ का संयोजक कल्याण अधिकारी सभापति थिए । प्रमुख अतिथि माननीय सभासद दीपेन्द्र श्रेष्ठ, बिशेष अतिथि कामनपा- १० का वडा अध्यक्ष राम कुमार केसी , महानगरीय प्रहरी बृत प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्ले , सामुदायिक सेवा समिति कामनपा वडा नं. १० का पदधिकारीहरु र समाजका बुद्धिजिबीहरुको उपस्थिति थियो । निशुल्क स्वास्थ्य शिबिर मा १२०० भन्दा बढी सहभागी हुनुका साथै चार सय पाँच जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment