Comments Add Comment

कर्णालीकी १४ वर्षीया किशाेरी अभिनित चलचित्र ‘मालिका’को शीर्ष गीत सार्वजनिक

काठमाडौं / कर्णालीकीे १४ वर्षीया किशोरी अभिनित चलचित्र ‘मालिका’को दोस्रो गीतको भिडियो सोमबार सार्वजनिक भएको छ ।

‘सरसर…हावा बहन्छ’ बोलको गीत मालिकाको शीर्ष गीत हो । गीतमा रेखा थापासहित चलचित्रमा पहिलोपल्ट डेव्यू गरेकी जाजरकोटकी १४ वर्षीय कमला वलीको अभिनय छ ।

कमलालाई भिडियोमा खेलाडीका रुपमा प्रस्तुत गरिएको छ भने रेखा प्रशिक्षकको भूमिकामा छन ।

गीतमा ग्रामीण क्षेत्रमा हुने बालविवाहबाट शिकार भएकी बालिकाको कथा उतारिएको छ । बालविवाहले परिवर्तन गरिदिएको जीवनको चित्रण गरिएको छ ।

सुरेश अधिकारीको संगीत र शब्द रहेको गीतमा आस्था रावतले स्वर दिएकी छन् । पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा गीतको छायांकन गरिएको छ ।

चलचित्रको पहिलो गीत ‘हल्का माया के माया…’ यसअघि नै सार्वजनिक भइसकेको छ ।

आगामी कात्तिक २१ गते लक्ष्मीपूजाको दिनदेखि प्रदशर्नमा आउने चलचित्र ‘मालिका’ को निर्देशन रेखा थापा आफैले गरेकी छन् ।

यो चलचित्रको परिकल्पना कार्यकारी निर्मातासमेत रहेका जीवन प्रशिक्षक नरबहादुर कार्कीले गरेका हुन् । शिवम अधिकारीको पटकथा रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् ।

‘रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको चलचित्रको निर्माता सरस्वती थापा र तारा थापासमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment