+
+

८ वर्षीया छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते १८:०१

६ भदौ, काठमाडौं । आफ्नै छोरीको हत्या गरेको आरोपमा झापा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका-५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?