Comments Add Comment

जमघटमा जानुअघि बच्चालाई किन सिकाउने यी कुरा ? 

अब चाडपर्वको मौसम सुरु हुँदैछ । एकपछि अर्को चाड आउँछ । चाडपर्वमा हामी साथीभाई, आफन्तसँग जमघट गर्छौं । रमाइलो गर्छौं । यस्तो रमाइलोमा हामीले केही मर्यादा पालना गर्नुपर्छ । अन्याथा साथीभाई, आफन्तबीच हाम्रो व्यक्तित्व खराब हुनसक्छ ।

यस्ता जमघटमा हामीले आफ्ना बच्चालाई पनि केही शिष्टचारको कुरा सिकाउनुपर्छ । भनिन्छ नि, बच्चा भनेको मनका सच्चा हुन् । उनीहरुलाई बाल्यकालमा जस्तो सिकायो,े पछिसम्म त्यसमै अभ्यस्त हुन्छन् । नीहरुलाई बाल्यावस्थादेखि नै सही तौरतरीकाबारे सिकाउन जरुरी छ । अन्यथा बच्चाहरुको गलत बानीव्यहोराका कारण आमाबाबु नै लज्जित हुनु पर्दछ ।

उनीहरुलाई कसरी लुगा लगाउने, कसरी खाना खाने भन्ने जस्ता आधारभूत कुरा सिकाउनुपर्छ । साथै भोजभत्तेर, पारिवारिक जमघटमा कसरी शिष्टचार पालना गर्ने, कसरी सभ्य बन्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । किभने यस्ता जमघटमा बालबालिकाले बढी चकचक गर्ने, जथाभावी बोल्ने, खानेकुराहरु मनलाग्दो ढंगले खाने, पोखाउने गर्छन् । कतिपय अवस्थामा त आगन्तुकसँग नराम्रो व्यवहार पनि गर्छन् । त्यसैले उनीहरुलाई सामाजिक जीवनमा अभ्यस्त गराउनका लागि केही शिष्टचारको कुरा पनि सिकाउनुपर्छ ।

परिवारमा घुलमिल गर्न सिकाउने

कतिपय आगन्तुक बच्चासँग चाडै घुलमिल हुन्छन् । उनीहरुसँग कुरा गर्न, उनीहरुसित खेल्न लालायित हुने गर्छन् । यस्तोमा आˆनो बच्चाहरुलाई परिवारमा कसरी घुलमिल हुने, मानिसहरुसँग कसरी बोल्ने, उनीहरुले गरेकेा प्रश्नको जवाफ कसरी फर्काउने भनेर सिकाउन जरुरी छ । किनकी यस्ता ज्ञानको अभावमा कति बच्चा अर्का व्यक्ति देख्नसाथ अभद्र व्यवहा गर्ने, रुने, कराउने गर्दछन् । साथै, नराम्रो व्यवहार गर्ने, उनीहरुको प्रश्नको जवाफ नदिने गर्दछन् ।

यस्ता समस्याका कारण लज्जाबोध नहोस् भन्नका लागि बच्चाहरुलाई परिवार, मान्यजन तथा पाहुनासित कसरी घुलमिल हुने भन्नेबारे सिकाउन जरुरी छ ।

लुगाको इज्जत गर्न सिकाउने

बच्चालाई कुनै पनि ठाउँमा लैजादा उनीहरुलाई यस्तो कपडा लगाउन प्रोत्साहित गर्नुपर्छ, जसमा उनीहरुलाई कुनै अप्ठेरो महसुस नहोस् । त्यस्तै, बच्चाहरुलाई लुगाको महत्वबारे बुझाउनु पर्छ । उनीहरुलाई भुईमा बस्दा वा सुत्दा के हुन्छ, त्यसले स्वास्थ्यमा कस्तो असर पर्छ भन्नेबारे जानकारी गराउनु पर्छ । साथै, उनीहरुलाई लुगाको इज्जत गर्न सिकाउनु पर्छ ।

बच्चालाई टेबल म्यानर्स सिकाउने

कुन खाना कसरी खाने भन्ने जानकारी नहुँदा बच्चाहरु प्राय खाना देख्नासाथ त्यसैमा झुम्मिने गर्दछन् । र, जुन पायो त्यही हातले खाना सिधै खाने गर्दछन् । जबकी खाना खाने पनि एउटा तरीका हुन्छ । तर त्यो तरीकाबारे बालबालिकालाई थाहा नहुदाँ उनीहरु गलत तरीकाले खाना खाने गर्दछन् । बच्चालाई कुनै सभा-समारोहमा लैजादाँ सही तरीकाले खाना खाओस् भन्नका लागि उनीहरुलाई घरमै पनि टेबल म्यानर्सबारे बताउन सकिन्छ । छुरी, काटँा तथा चम्चाको प्रयोग कसरी गर्ने तथा खाना खानु अघि र पछि के के कुरामा ध्यान दि ने भन्नेबारे जानकारी दिएर पनि उनीहरुलाई खाना खाने तरीकाबारे सिकाउन सकिन्छ ।

झैझगडाबाट टाढा राख्ने  

जहाँ बच्चा हुन्छन्, त्यहाँ झैझगडा, तोडफोड, हसीमजाक अवश्य नै हुन्छ । किनकी बच्चालाई यस्ता गतिविधी गर्नमा निकै रमाइलो हुने गर्दछ । तर सार्वजनिक ठाउँहरुमा बच्चाहरुको यस्तै गतिविधिका कारण धेरै मातापिताहरुको परवरिशमा नै विभिन्न प्रश्नचिन्ह खडा हुने गर्दछ । जसका कारण कयौ ठाउँमा त अभिभावक नै लज्जा हुनु पर्दछ । र, सार्वजनिक  ठाउँमा यस्तो लज्जा बेर्होन नपरोस् भन्नका लागि बच्चाहरुलाई सुरु देखि नै डिसिप्लेनमा राख्नु पर्दछ ।

यसका लागि बच्चाहरुलाई अरुसित कसरी व्यवहार गर्ने, आफू सरहका साथीभाईसँग कसरी घुलमिल हुने, झगडाबाट कसरी टाढा बस्ने भनेर सिकाउन जरुरी छ ।

आफै खान नदिने, ख्वाउने

प्रायः पार्टीमा जाँदा बच्चाहरु आफै खाना पस्कन तथा खान खोज्छन् । धेरै भीडभाड भएको ठाउँमा आफै खाना पस्कदा तथा खादाँ खाना लुगामा पोखिएर लुगाा विग्रने सम्भावना धेरै हुन्छ । त्यसैले, ससाना बालबालिकालाई आफैले खाना ख्वाउने कोशिश गरौ । तर  खाना ख्वाउदाँ उनीहरुलाई मन परेको खानेकुरा खान भने अवश्य दिनु पर्छ ।

खेल्नका लागि प्रोत्साहित गर्ने

बच्चालाई खेल्न दिऊ ताकी उनीहरु बोर नहुन् । र, आफूलाई पनि बोर नगरुन् । यसको लागि यस्तो  ठाउँको छनोट गर्ने जहाँ बच्चाले धेरै तोडफोड गर्न नसकोस् । साथै, बच्चालाई खेल्न पठाउँदा सकेसम्म खुला ठाउँमा खेल्न सल्लाह दिऊ साथै आˆनो आँखा अगाडी नै खेल्न प्रोतसाहित गरौ । त्यतिमात्र हैन, कुनै पनि खेल खेल्दा एक आपसमा झगडा गर्नु हुन्न भनेर पनि सिकाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment