Comments Add Comment

शिशु किन रुन्छ ? यसरी बुझौं उनको भाषा

तपाईंमध्ये कति बच्चाका आमाबुवा बन्नुभएको होला । घरमा नयाँ सदस्यलाई भित्र्याउन पाउँदा खुसी पनि हुनुभएको होला । अवोध बच्चाको भावभंगीमा हेरेर आनन्द अनुभूत गरिरहनु भएकै होला । यद्यपी बच्चा रुँदा भने झर्को लाग्दो हो । बच्चा किन रोयो ? भोक लागेर ? पेट दुखेर ? असहज भएर ? सास फेर्न गाह्रो भएर ? गर्मी भएर ? चिसो भएर ? दिसा-पिसाब गरेर ?

तपाईंसँग यावत् प्रश्न उठ्न सक्छ । किनभने बच्चाले प्रष्टसँग कुनैपनि कुरा व्यक्त गर्दैनन् । उनीहरु रुन्छन् । जब उनीहरु रुन्छन्, आमाबुवामा एक किसिमको छटपटी हुन्छ । बच्चालाई निकै असहज भएर वा कुनै अप्ठ्रो परेर पो रोएका हुन् कि ?

बच्चा रोएकै भरमा आमाबुवाले उनको समस्या अनुमान गर्नुपर्ने हुन्छ ।

त्यही कारण त बच्चालाई निद्रा नपुगेर रोएका हुन्छन्, यता आमा भने दुध चुसाउन थाल्छिन् । बच्चाले दिसापिसाब गरेर रोएका हुन्छन्, तपाईं भने उनलाई सुताउने प्रयास गर्नुहुन्छ । यसरी बच्चाको रुवाईको संकेत नबुझ्दा हामी आफै दुःख पाइरहेका हुन्छौं ।

बच्चाहरु कुनैपनि कुरा व्यक्त गर्न सक्दैनन् । उनीहरुले आफ्नो दुःख, समस्या, भोक सबैकुरा रोएर अभिव्यक्त गर्ने हो । तर, कुन अवस्थामा कसरी रुन्छन् भनने कुरा बुझन् सक्नुपर्छ । अर्थात उनीहरुको रुवाईको भाषा बुझ्नुपर्छ ।

सामान्यतया, कुनै पनि शिशु पाँच महिनाको नहुँदासम्म रोएरै आˆनो भाव प्रकट गर्छन् । उनीहरुलाई भोक लागेको छ कि कतै पिडा भएको छ भन्ने कुरा उनीहरुको रुने शैलीबाट पत्ता लगाउनु पर्छ । जबकी बच्चाहरुले कुन बेला कसरी रुन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

त्यसैले, हामी तपाईहरुलाई यस्ता टिप्सबारे जानकारी दिदैछौ, जसले नवजात शिशु तथा चार महिना सम्मको शिशको रुवाईबारे बुझ्न सजिलो होस् ।

आमा खाजेमा वा निद्रा लागेमा बच्चाले रुने तरीका

कसैलाई खोजेमा

जब बच्चा लामो समय एक्लै हुन्छ र आˆनो आमालाई खोज्छ तब बच्चा पाँच-छ सेकेण्ड निरन्तर हुन्छ । त्यसपछि उनीहरु करिब २० सेकेण्ड रोकिन्छ ताकि आमाबाबु आएर उनीहरुलाई तुरुन्तै काखमा राखुन्  । अभिभावकले कुनै प्रतिकि्रया जनाएनन भने उनीहरु पुन रुन सुरु गर्छन् । र, तबसम्म रुन्छन्, जबसम्म उनीहरुको नजिक कोही आउँदैन ।

भोक लागेमा

भोक लागेमा बच्चाहरु पहिले बोलाउने उद्देश्यले नै पाँच-छ सेकेण्ड रुने गर्छन् । त्यतिबेलासम्म उनीहरुको मुखमा केही नपरे उनीहरु क्रमश चिच्याएर रुने गर्छन् । त्यतिमात्र हैन, उनीहरु रुँदा टाउको बटार्ने, चिच्याउने तथा कालो निलो भएर रुन थाल्छन् ।

दुखेमा

कतै दुखेमा वा दुखाई बढेमा बच्चाहरु एकोहोरो तथा जोरजोरसित हुन थाल्छन् । उनीहरुको रोदन निकै नमिठो खालको हुनसक्छ । दुखाई बढेमा उनीहरुको रोदन निकै तिव्र हुनसक्छ । तथापी, बच्चा विरामी भएमा उनीहरु एकोहोरो रुने त गर्छन् तर शान्त रहन्छन् । किनकी उनीहरुसँग जोडजोडले रुनको लागि त्यति धेरै ताकत हुँदैन ।

शारीरिक समस्या भएमा

बच्चाको पेटमा वायु भरिएमा, पिसाब लागेमा, दिशा आएमा पनि उनीहरुलाई असुविधा हुने गर्छ । यस्तो भएमा बच्चाको रुवाई रोए जस्तो तथा चिच्याएको जस्तो सुनिन्छ ।

निद्रा लागेमा

जब बच्चालाई निद्रा लाग्छ तर सुत्न सक्दैन तब बच्चा ठूलो आव गरेर तथा प्रतिकारात्मक शैलीमा रुन थाल्छ । साथै, रुदाँ कान तथा आँखा रगड्न वा माड्न थाल्छ ।

असहज भएमा

कहिलेकाही बच्चा असजिलो महसुस भएमा पनि रुन थाल्छ । असहजताका कारण बच्चा रोएमा उनीहरुको रुवाईमा चिडचिडापन देखिनुका साथै उनी रोकी रोकी रुने गर्छन् । साथै, बच्चा चलमलाउन थाल्छन् । साथै, कहिले तन्किने, खुम्चने गर्छन् । यसको मतलव के हो उनीहरुको डायपर परिवर्तन गर्ने बेला भयो वा उनीहरुले अत्याधिक चिसो वा गर्मी महसुस गरिरहेका छन् ।

यसबाहेक, एउटा वातावरणमा असहज महसुस गरेमा पनि धेरै साना बच्चाहरु रुने तथा चिच्याउने गर्छन् ।

निद्रा लागेमा वा असहज महसुस भएमा

जब बच्चाले असहज महसुस गर्छ, तब उसले ‘हे’को आवाज निकाल्छ । त्यस्तै, निद्रा लागेमा ‘अ’ गर्छ ।

अष्टे्रलियाकी पेड्रियाटिसियन पि्रसिला डन्स्ट्यानले विगत २० वर्ष देखि चार महिनाको बालबालिकाले निकाल्ने आवाजबारे अध्ययन तथा अनुसन्धान गरिरहेकी छिन् । यो अध्ययनमा विभिन्न जातजाती तथा समुदायका बालबालिकालाई समावेश गरिदै आएको छ । जसको आधारमा पि्रसिला भन्छिन्, प्रारम्भिक अवस्थामा बच्चाहरुले निकाल्ने आवाज विश्वव्यापी हो । तर बच्चा चार महिनाको भएपछि आˆनो आवश्यकताको आधारमा उनीहरु यस्तो आवाज निकाल्न थाल्छन्,  जसको माध्यद्धारा उनीहरुसित सम्बाद गर्न सकुन् ।

प्रत्येक आमाबाबुले आˆना बच्चाले भनेका कुरा बुझ्न सकुन् भनेर पि्रसिलाले आˆनो छुट्टै स्कुल समेत सञ्चालन गर्न थालिन् । यो भनिन्छ की समयमै बच्चाको रोदनको कारण पहिचान गर्न सकेमा उनीहरुको रोदनलाई समयमै रोकथाम गर्न सकिन्छ ।

र, बच्चाले निकाल्ने मुख्य ध्वनीमा यी ध्वनी समावेश छन् ।

‘नेह’ : मलाई भोक लागेको छ । यो ध्वनी तब उत्पन्न हुन्छ, जब बच्चाले आˆनो जिव्रोलाई मुखको तालुतिर धकेल्छ र चुसेजस्तो आवाज निकाल्छ ।

‘एह’ : म डर्कादैछु । यो ध्वनी तब निस्कन्छ, जब अतिरिक्त हावा बच्चाको अन्ननलीबाट बाहिर निस्कन थाल्छ र मुखबाट निस्कन्छ ।

‘ओह’ : म थाके, मलाई निद्रा लाग्यो । निद्रा लागेर बच्चा रोएमा उनीहरुले जिब्रोलाई पल्टाएर यो ध्वनी निकाल्छन् ।

हेहः म असहज महसुस गर्दैछु । नराम्रो स्पर्शले बच्चा चलमलाउँछ । र, उनीहरु हातखुट्टा चलाउन थाल्छन् । परिणामस्वरुप, बच्चाहरुको मुख खुला नै रहँदा उनीहरुले ‘हेह’को ध्वनी निकाल्न थाल्छन् ।

‘इहे’ : मलाई पेट ग्यास तथा दुखाई छ । बच्चाको पेट दुखेमा तथा पेटमा ग्यास भरिएमा बच्चाको ध्यवनी विकृत हुन्छ । र उनीहरुले सास फेर्ने र छोर्ने क्रममा ‘इहे’ को आवाज निकाल्ने गर्छन् ।

भोक लागेमा वा पेट भरिएमा बच्चाले देखाउने शारीरीक हाउभाउ

बच्चाहरुको शारीरीक हाउभाउले पनि उनीहरुको स्वास्थ्य अवस्था धेरै कुरा बताउने गर्छ ।

ढाड तन्काउने

दुई महिना भन्दा मुनीका बच्चाहरुले आफूलाई पिडा भएमा वा शूल भएमा ढाड तन्काउने  गर्छन् । यदी बच्चाहरुले खाना खाएपछि ढाड तन्काउँछन् भने बुझ्नुहोस् उनीहरुको पेट भरिएको छ । किनकी बच्चाहरुको पेट भरिएपछि उनीहरु अक्सर आफ्नो ढाड तन्काउने गर्छन् । खाना खाँदै गर्दा बच्चाहरुले यस्तो संकेत देखाएमा उनीहरुको भेट भरिएको हुन सक्छ ।यदी बच्चा दुई महिना भन्दा माथिको छ भने थकान तथा मुड खराब भएमा पनि बच्चाले ढाड तन्काउने गर्छ ।

टाउको घुमाउने

अन्जान व्यक्तिहरुको बीचमा भएमा वा निद्रा लागेमा पनि बच्चाहरुले टाउको घुमाएर यताउता हेर्ने गर्छ ।

कान समाउने

धेरैजसो अवस्थामा यसले के जनाउँछ भने बच्चाहरु आˆनो शरीर जाँच गरिरहेका छन् । यदी बच्चा रुदै यो व्यवहार गरेमा भने चिकित्सकलाई तुरुन्तै सम्र्पक गर्नुपर्छ ।

मुठ्ठी बटारेमा

बच्चाहरुले पटक पटक मुठ्ठी बटारेमा त्यो भोक लागेको संकेत हुन सक्दछ । समयमै यो संकेत देखिएमा समयमै खाना खुवाएर उनीहरुलाई रुनबाट रोक्न सकिन्छ ।

खुट्टा उचाल्ने

पेट दुखेमा वा शुल भएमा उक्त दुखाई कम गर्न बच्चाहरु प्रायः खुट्टा उचाल्ने गर्छन् ।

हात तन्काउने

बच्चाहरु धेरै डराएमा वा भयभीत भएमा आˆनो हात तथा पाखुरा तन्काउने गर्छन् । तेज आवाज, धेरै लाइट वा झ्वाट्ट उठाउँदा उनीहरुले भयभीत हुने गर्छन् र बचावमा हात तन्काउने गर्छन् । यस्तो अवस्थामा बच्चालाई आराम गराउनु पर्छ ।

त्यसैले, पेडि्रयाटिसियन चिकित्सकहरु बच्चासित धेरै भन्दा धेरै कुरा गर्न , उनीहरुलाई बाहिरी वातावरणबारे अवगत हुन सिकाउन सल्लाह दिने गर्छन् । चाहे, बच्चाहरुले केही पनि नबुझुन् । तर यसले उनीहरुलाई छिटो भन्दा छिटो अरुसित कुरा गर्न आफ्नै कुनै आवाज निकाल्न तथा संकेत देखाउन प्ररित गर्छ, जसले उनीहरुको व्यक्तित्व विकासमा समेत मद्दत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment