
आमाबुवा आफ्नो सन्तानको आँखाबाट संसार हेर्ने आकंाक्षा राख्छन् । त्यही कारण आफ्नो मृत्यु भएपनि छोराछोरीले सुखमय जीवन बाँचोस् भन्ने इच्छा राखिन्छ । हामी उनीहरुको भविष्य सुरक्षित होस् भन्ने चाहन्छौं । हामी उनीहरुको जिन्दगी सुखसयलमा वितोस् भन्ने चाहन्छौ । हामी उनीहरुको भोलि सफलतापूर्वक वितोस् भन्ने चाहन्छौं । तर, उदेगलाग्दो त के भने उनीहरुको भोलि हामीले आज धरापमा पार्दैछौं । सुन्दा अपि्रय लाग्छ, यद्यपी सत्य यही हो ।
यसै सन्दर्भमा बीबीसीमा प्रकासित एक लेख यहाँ पेश गरिएको छ ।
हाम्रो सभ्यता कतै बिनासतर्फ लम्किरहेको त छैन ?
जलवायु परिवर्तन विश्वमा प्रमुख समस्याको रुपमा देखा परेको छ । जलवायु परिवर्तनकै कारण धर्तीको तापमान बढेको छ । हिउँ पग्लेर समुद्रमा पानीको स्तर बढिरहेको छ भने खोलानाला, समुद्रको पानी तातो भएर माछा लगायतका समुद्री जीवको संख्या समेत घट्दै गएको छ ।
बढ्दो जनघनत्व, बढ्दो शहरीकरण, वायु प्रदुषण, जनयुद्ध, नयाँ नयाँ रोग, खानपिनको कमी यस्ता चुनौतीहरु हुन्, जसको कारण संसारको मानव सभ्यता कतै विनाशतिर त गइरहेको छैन भने ठूलो प्रश्नचिन्ह खडा भएको छ । छिमेकी देश भारत विश्वकै धेरै जनसंख्या भएको देश भएर यो आफै पनि यो त्रास खेपिरहेको छ ।
कहिले प्राकृतिक विपत्तिका कारण त कहिले कहिले कमी र गल्तीका कारण विश्वका कतिपय सभ्यता जसरी विकास भए त्यसैगरी हराएर पनि गए ।
उदाहरणका लागि रोमन साम्राज्यलाई लिन सकिन्छ । खराब नेतृत्व, साम्राज्यको विस्तार र जलवायु परिवर्तनकै विश्वमै चर्चित रहेको विशाल रोमन साम्राज्य समाप्त भयो ।
रोमन साम्राज्य एकै दिनमा समाप्त भएको अवश्य पक्कै हैन । यो त क्रमिक रुपमा पतनतर्फ बढ्दै गयो । अन्तत आज विश्वमा रोमन साम्राज्य चर्चामा सिमित छ । रोमन मात्र हैन, विश्वका अन्य सम्भयता पनि यसैगरी विस्तारै विस्तारै सकिदै गए ।
वि्रटिस इतिहासकार आर्नोल्ड टानिबीले विश्वका करिब २८ सभ्यताको उत्थान तथा पतलबारे अध्ययन गरेर ‘ अस्टडी अफ हि्रस्टी’ नामक किताब नै लेखेका थिए ।
अर्नोल्डको भनाई छ, कुनै पनि सभ्यताको उत्पत्ति र पहतको विशेष डाटावेस छैन । जसले गर्दा ती सभ्यताको सही उमेर आंकलन गर्न निकै मुश्किल छ ।
केही ग्राफिक्सको माध्यमद्धारा उनले सभ्यता तथा साम्राज्य बीचको अन्तर बनाउने कोशिश गरेका छन् । उनले कयौ सभ्यताको उमेरको तुलनात्मक अध्ययन पनि गरेका छन् । उक्त अध्ययनमा प्रत्येक सभ्यताको विभिन्न शहर, खेतीपाती, शहरमा बसोबास गर्ने सेना तथा सभ्यताको वस्तुस्थितिलाई समावेश गरिएको छ ।
यसैका आधारमा सबै साम्राज्य, सभ्यताको श्रेणीमा छन् तर सबै सभ्यता साम्राज्यको सुचीमा समावेश गर्न सकिदैन ।
जुन सभ्यता नष्ट भयो, त्यसको पुन विकास नभएको अवश्य हैन । चीन र मिस्रको प्राचीन सभ्यताले पतनका बावजुद आफूलाई पुन जागृत गर्न र विश्वमा आˆनो पहिचान बनाउन सफल भएको छ ।
केही शहर यस्ता पनि छन्, जसको बर्वादीको निशान आउँदो पुस्ताको लागि सबकको रुपमा छोडिने गरिन्छ । यसको उदाहरण माया सम्भयताको खण्डरमा हेर्न सकिन्छ ।
प्राचीन सभ्यताको आधार खेती थियो । तर आजको सभ्यता खेतीभन्दा पनि आधुनिक प्रवृधिमा आधारित छ । त्यसो भए के , जुन सूत्र पुरानो सभ्यता जोगाउनका लागि प्रयोग गरिन्थ्यो, अहिलेको सभ्यता बचाउन पनि त्यसको उपयोग गर्न सकिन्छ त ?
आर्नोल्डका अनुसार प्राचीन र अहिलेको सभ्यता दुवै नै समाज टेक्निक र फरक फरक किसिमका मानिसहरुको तालमेलको नतिजा हो ।
नर्मल एक्सिडेन्ट थ्योरीका अनुसार जटिल प्रविधिको सिस्टमले पनि पतन तर्फ धकेल्ने गर्छ । त्यसैले, सम्भयतालाई बजाउनु र विर्गानु एक किसिमको सामान्य घटना हो ।
अर्नोल्डका अनुसार आज हामी प्रविधिक रुपमा निकै अगाडी छौ । तर यसको मतलव यो हैन कि हामी वर्वादीबाट बच्न सक्छौ किनकी यस्ता धेरै प्रविधि छन्, जसले हामी सामू नयाँ नयाँ चुनौती खडा गरिदिन्छन् । परिणामस्वरुप, बवार्दीको सम्भावना पनि बढेर जान्छ ।
आज आर्थिक र राजनैतिक हिसाबले सम्पूर्ण विश्व एक छ । एकअर्कासित सम्बन्धित छ । त्यसैले, कुनै एक देशको विनाशले आसपासको देशहरुलाई मात्र हैन, सम्पूर्ण विश्वलाई प्रभावित पार्छ ।
कुनै पनि सभ्यताको बर्वादीलाई लिएर जति पनि थ्योरी दिईएको छ, त्यसमध्य केहीलाई छोडेर कुनै न कुनै थ्योरीमा असहमति कायम रहिरहेको छ ।
यद्यपी, जलवायु परिर्वतन, खराब माहोल, असामानता र अन्य सामाजिक जटिलता लगायतका विषयहरुमा जानकारहरु पनि सहमति रहँदै आएको छ ।
जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर बालीमा पर्दछ । बाली खराब भएमा वा खेर गएमा भुखमरी बढ्छ र सभ्यता विनाश तर्फ लम्कन्छ ।
माया सभ्यता, अनासाजी, तिवानाकु, अक्काडियंस तथा रोमन सभ्यतालाई हेर्ने हो भने पनि यो सभ्यता खतम हुनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको थियो । यसबाहेक, इकोलोजिकल सिस्टम ठप्प भएमा पनि सभ्यताको अन्त्य हुने गर्छ । जस्तै, आवश्यकता भन्दा बढी जंगलको फडानी, माटो फडानी, वायु प्रदुषण इत्यादी ।
समाजमा फैलिएको असामानता तथा केही सिमित व्यक्तिहरुद्धारा सत्तामा कब्जा जमाउनु सभ्यताको पतनको कारण बन्छ ।
पछिल्लो घटनाक्रमहरुलाई विश्लेषण गरेको आधारमा भन्न सकिन्छ, मजदुर र शासक वर्ग बीचको दुरी कयौ बर्वादीको कारण बन्ने गर्छ ।
व्युरोक्रेसी र जटिलता
इतिहासकार जोसेफ टेन्टर भन्छन्, व्यूरोक्रेसी र जटिलताका कारण पनि सभ्यता नष्ट हुने गर्छन् । सभ्यता नष्ट हुनुमा अर्को एउटा पनि प्रमुख कारण छ, इनर्जी रिटर्न अन इनभेष्टमेन्ट -इ.आर.ओ.आई) ।अर्थात, कुनै संसाधनद्धारा प्राकृतिक उर्जा पैदा हुनु र त्यही अनुपातमा खपत हुनु ।
किनकी जब यो अनुपात विग्रन थाल्छ, तब पतन तर्फ धकेलिन थाल्छ ।
राजनैतिक वैज्ञानिक थोमस होमर डिक्सनले आˆनो किताब ‘द अप साइड अफ डाउन’ मा लेखेका छन्, पर्यावरणमा प्राकृतिक संसाधन बिग्रदो अनुपात नै रोमन साम्राज्यलाई इ.आर.ओ.आई तर्फ धकेलिदियो । र, उक्त साम्राज्यको पतल भयो । माया सभ्यता पतन हुनुमा पनि इ.आर.ओ.आई नै जिम्मेदार रहेको टेन्टर बताउँछन् ।
प्राकृतिक विपत्ति त कुनै पनि सभ्यताको पतनको सबैभन्दा ठूलो कारण रहेकै हुन्छ । साथै, रोगको महामारी र साम्राज्य विस्तारका लागि गरिने युद्धले पनि सभ्यतालाई नष्ट गर्छ । एज्टेक सभ्यतालाई हेर्ने हो भने पनि यो सभ्यता पतन हुनुमा स्पेनिश आक्रमणकारी मुख्य दोशी थिए । उनीहरुले नै यो सभ्यता नष्ट गरेका थिए ।
पतनतर्फ मानवीय समाज
यी तथ्यहरुलाई ध्यान दिएमा भन्न सकिन्छ, विस्तारै विस्तारै अहिलेको मानवीय समाज पतनतर्फ बढिरहेको छ । यसमा जलवायु परिवर्तनका कारण बढ्दो तापमान मुख्य जिम्मेवार छन् ।
पछिल्लो केही दशकयता जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दो क्रममा छ । जिडिपीको उतारचढाव पनि लगातार बढिरहेको छ ।
गिनी इन्डेक्सका अनुसार अन्तराष्ट्रिय स्तरमा असमानता घटेको छ तर अलग अलग देशमा बढिरहेको छ । तथापी गिनी इन्डेक्सको आंकडालाई पूर्णतया सही मान्न सकिदैन ।
यतिमात्र हो कि अन्तराष्ट्रिय स्तरमा मानिसको आयमा एक प्रतिशतको वृृद्धि भएको छ । आयमा भएको यो वृद्धिदर सन् १९८० मा २५ बाट ३०प्रतिशतमा पुगेको थियो भने सन् २०१६ मा लगभग ४० प्रतिशत बढेको थियो ।
यसबाहेक, तेल तथा ग्यासको प्रयोग पनि पहिलेको तुलनामा कम भएको छ । प्रविधिद्धारा उर्जाको नयाँ विकल्प खोजिएको छ, जसले गर्दा इ.आर.ओ.आई माथिको निर्भरता कम भएको छ ।
आज हामी प्रविधिकै मद्दतले हरेक किसिमको मुश्किलको सामना गर्न सक्षम भएका छौ । आज हामीसित हरेक कुराको विकल्प छ, तथापी, हामी सन्तुष्ट भएर बस्न मिल्दैन ।किनकी जुन आधारमा प्राचीन सभ्यता नष्ट भयो, त्यसको आधार अहिले पनि विद्यमान छ ।
परिणामस्वरुफ आज विश्वभरमा जटिलता बढिरहेको छ । धनी-गरीब बीचको अन्तर बढिरहेको छ । आज पनि हरेक देश अर्को देशलाई आˆनो मातहत ल्याउने कोशिशमा छ भने पर्यावरणसितको खेलवाड पनि जारी छ ।
ठूलो विनाशको तयारी
त्यसैले हामी सबैले सोच्ने बेला आइसकेको छ कि प्राचीन सभ्यता झै कतै हामी पनि विनाश तर्फ लम्कदै त छैनौ ? हो, हामी प्रविधिको मामलामा सक्षम छौ । तर यो चिन्ताको विषय पनि हो । प्राचीन समयमा हातहतियारको साथमा लडाई गर्थे, जसले गर्दा व्यापक क्षति हुन पाउँदैनथ्यो ।
जबकी अहिले हामीसित न्युक्लियर बम छ । यसको प्रयोग कयौ पिढीका लागि पिडादायी हुनसक्छ । जापानको हिरोसिमा र नागासाकी शहर यसको ज्वलन्त उदाहरण हो ।
यसबाहेक, पछिल्लो जतिपनि सभ्यता थिए, उनीहरु विनाश पछि खेतीमा आएर आफूलाई सम्हाल्न सक्षम भए । तर पर्यावरणको साथमा गरिएको खेलवाडले हामी त्यो विकल्प पनि नदिन सक्छ ।
यो जरुरी छैन हाम्रो पतन पछि प्राचीन सम्भयता झै होस् । तर आंशका पूरा छ । राम्रो कुरा यो हो आफूलाई बचाउन हामीले सिकिसकेका छौ । तर यो उपाय पर्याप्त छैन ।
प्रकृतिसितको दुश्मनी हामीलाई भारी पर्नसक्छ । स-साना उपायद्धारा पनि हामी ठूलो समस्याबाट बच्न सक्छौ । र, यसमा कुनै समस्या छैन ।
तर यसको लागि जुन किसिमको इच्छाशक्ति चाहिन्छ, हामीभित्र त्यसको ठूलो कमी छ । जसको कारण हाम्रो हालत विगि्ररहेको छ । यदी हामी समयमै सचेत नहुने हो र आँखा चिम्लिएर बस्ने हो भने हाम्रो हालत पनि रोम, सिन्धु वा माया सम्भता झै इतिहासमा समावेश हुन बेर लाग्दैन । बीबीसीबाट
प्रतिक्रिया 4