७ भदौ, काठमाडौं । इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङ्शल तामाङ बिहीबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
जीबीके इस्तोरामा भएको खेलमा नङ्शलले माल्दिभ्सकी खेलाडीलाई २१-१९ र २१-१५ को सोझो सेटमा पराजित गरिन् ।
महिला सिंगल्सकै अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी एन्तेनोनसँग २१-७ र २१-४ ले पछि परिन् ।
पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१-१२ र २१-७ को सीधा सेटमा हराउँदै प्रिक्वार्टरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१-१९ र २२-२० को सोझो सेटमा पन्छाए ।
मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङ्शलको जोडीलाई २१-१३ र २१-२१-७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१-११ र २१-११ को सोझो सेटमा पाखा लगाए ।
महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङ्शलको जोडीलाई २१-७ र २१-५ ले निराश पारे । अब ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4