Comments Add Comment

यसरी माया गरौं आफैलाई, शरीर हुन्छ निरोगी

तपाईं कसलाई माया गर्नुहुन्छ ? जवाफ यस्तो होला, ‘छोराछोरी, आमाबुबा, श्रीमान् वा श्रीमति, आफन्त, हितैषी साथी ।’

हेर्नुहोस् त, तपाईंले जसलाई अधिक माया गर्नुपर्छ, उसलाई सम्झनै भएन । अर्थात तपाईं स्वयम् । आफुले आफैलाई माया गर्नुपर्छ । यदी आफुलाई प्रेम गर्न थाल्नुभयो भने तपाईं थुप्रै किसिमका शारीरिक समस्याबाट मुक्त रहनुहुनेछ । र, खुसीपूर्वक जीवन विताउन सक्नुहुनेछ ।

तर, कसरी गर्ने आफूलाई माया ? जसले गर्दा शरीरलाई स्वस्थ राख्न सकियोस् ।

गहिरो निद्र सुत्ने

शरीरलाई स्वस्थ राख्न पर्याप्त मात्रामा निद्रा जरुरी छ । हामी जबसम्म सुत्दैनौ, तबसम्म शरीरमा स्फुर्ती बढ्दैन । शरीरमा स्फुर्ती जगाउन तथा शरीरलाई स्वस्थ राख्न पनि समयमा सुत्न जरुरी छ । चिकित्सकहरुका अनुसार शरीरलाई स्वस्थ राख्न पनि एउटा व्यक्तिलाई दिनमा ६ देखि ८ घण्टाको निद्रा आवश्यक पर्छ ।

जबकी अनिद्रा वा कम निद्राका कारण शरीरमा आलस्यता पैदा हुने गर्छ  । शरीरमा आलस्यता भएमा न त शरीरले सही तरीकाले काम गर्न सक्छ, न त मस्तिष्कले नै । त्यसैले, आफूलाई स्वस्थ राख्नका लागि  व्यस्त समयका बाबजु्द आˆनो लागि थोरै समय निकाल्न जरुरी छ । र, निद्रा पूरा गर्न जरुरी छ ।

एक्सरसाइज गर्ने

शरीरलाई स्वस्थ राख्नका लागि दिनमा कम्तीमा आधा घण्टा एक्सरसाइज गर्न निकै जरुरी छ । नियमित रुपमा योगा तथा एक्सरसाइज गर्नाले मन तथा शरीर दुवै फर्तिलो रहने गर्दछ ।

एक्सरसाइजले एकाग्रता बढाउनुका साथै दिमागलाई शान्त एवं प्रशन्न राख्न मद्दत गर्छ । आˆनो शरीरको लागि कुन एक्सरसाइज ठिक हुन्छ भनेर जान्नको लागि फिटनेश ट्रेनरसित सल्लाह लिन सकिन्छ । त्यसबाहेक, कामको बीचमा केही समय ब्रेक लिएर तथा आˆनो स्वास्थ्यका बारेमा विषेश ध्यान दिएर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

सधै नास्ता गर्ने

विहान गरेको नास्ताले शरीरमा आवश्यक पोषणतत्व प्रदान हुने गर्दछ । विहान गरेको नास्ताले शरीरलाई दिनभर स्फुर्ती प्रदान गर्ने हुदाँ  विभिन्न अनुसन्धानहरुले विहानको समयमा नास्ता गर्न सुझाव दिएको पाइन्छ । जबकी ढिला गरिएको नास्ता शरीरमा फ्याटको रुपमा परिणत हुन सक्दछ । र, शरीरमा विभिन्न रोग लाग्ने गर्दछ ।

यस्ता समस्याबाट बच्न र शरीरलाई स्वस्थ राख्नका लागि पनि हामीले आˆनो बारेमा सोच्न जरुरी छ । र, आफूलाई माया गर्न जरुरी छ ।

आफ्नो लागि के राम्रो हुनसक्छ, विचार गर्ने        

सबै कुरा सबैको लागि राम्रो नहुन सक्छ । त्यसैले विहान उठ्ने वित्तिकै आˆनो लागि के राम्रो हो, के नराम्रो हो भनेर मनन गर्न जरुरी छ ।

त्यही अनुसार दिनभर के गर्ने, के  नगर्ने, के खाने, के के नखाने भनेर टाइमटेबल सेट गर्न सकिन्छ । त्यस्तै, आˆनो कारणले अरुलाई हानी त पुगेको छैन ? भनेर विचार गर्न सकिन्छ । त्यस्तै, मनलाई शान्त राखेर तथा सकारात्मक सोच जगाएर पनि शरीर तथा मनलाई स्वस्थ , ताजा एवं स्फूत राख्न सकिन्छ ।                                                                                        सबैलाई आदर गर्ने

विना उठेदेखि नसुत्दासम्म सबैलाई आदर गर्ने । आफूभन्दा ठूलालाई ढोगेर, नमस्कार गरेर पनि आदर गर्न सकिन्छ । त्यस्तै, आफूभन्दा सानालाई माया गरेर पनि उनीहरु प्रति आदर भाव दर्साउन सकिन्छ । यसले पारिवारिक सहिष्णुता बलियो बनाउनुका साथै परिवारबीच को सम्बन्धलाई अझ मजबुत बनाउँछ । त्यतिमात्र हैन,  तपाई अरुलाई जस्तो व्यवहार गर्नुहुन्छ, उनीहरुबाट पनि त्यस्तै व्यवहार पाउनु हुन्छ ।

नराम्रो बानी बदल्ने

कतिपय मानिसहरु आˆनो फाइदाको लागि अरुलाई बदल्न खोज्छन् । त्यसक्रममा हामी के विर्सन्छौ भने, अरुलाई बदल्न त सजिलो हुन्छ, तर आफूलाई बदल्न भने निकै गार्‍हो हुन्छ । त्यसैले, अरुलाई बदल्नु अघि आफैलाई बदल्न जरुरी छ । तर कसरी ? सबैभन्दा पहिले उक्त व्यक्ति प्रतिको आˆनो व्यवहार बदलेर ।

त्यस्तै, आˆनो नराम्रो बानी बद्लेर वा उक्त बानीमा बद्लाव गरेर पनि हामी आफूलाई बदल्न सक्दछौ । त्यस्तै, आˆनो कुराले कसैको मन दुखेमा ‘सरी ‘ भनेर पनि हामी आफूलाई सकारात्मक तरीकाले बदल्न सक्छौ ।

आत्मविश्वास जरुरी छ         

जीवनमा धेरै चुनौतीको सामना गर्नुपर्छ । र, ती चुनौतीको सामना गर्न आफूमा धैर्यता हुन एंव आत्मविश्वास हुन जरुरी छ । जबसम्म तपाई आफूलाई विश्वास गर्नुहुन्न, तबसम्म तपाई अरुलाई आफूप्रति विश्वास दिलाउन सक्नुहुन्न ।

आफूप्रति अरुलाई विश्वास जगाउने सबैभन्दा राम्रो उपाय भनेकै आफूमा आत्मविश्वास कायम गर्नु हो । त्यसको लागि आफूलाई उक्त परिस्थितिहरुमा ढालेर हेर्न सकिन्छ । त्यस्तै, मनलाई शान्त राखेर तथा आफू प्रति आत्मविश्वास जगाएर गरेर पनि आइपर्ने परिस्थितिको लागि आफूलाई तयार राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment