Comments Add Comment

स्कट मोरिसन चुनिए अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री, टर्नबुल हटाइए

स्कट मोरिसन

८ भदौ, काठमाडौं । अष्ट्रेलियाको लिबरल पार्टीले प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ ।

अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।

पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।

क्यानबेरामा एक साताको अशान्ती पछि डटनले पार्टीले मालकोम टर्नबुललाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विचार व्यक्त गरेका थिए । आउँदो वर्ष मे १८ मा हुने संघिय निर्वाचन जित्ने हो भने पार्टीले सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने डटनको भनाइ थियो ।

यस्तै ऊर्जा र वातावरण मन्त्री जोश फि्रडेनबर्ग लिबरल पार्टीको उपनेता चुनिएका छन् । फि्रडेनबर्गले लिबरल पार्टीको उपनेताको रुपमा जुली बिसपको स्थान लिनेछन् ।

बिसपले मालकोम टर्नबुल र टोनी एबटको नेतृत्व अन्तर्गत लिबरल पार्टीको उपनेताको रुपमा काम गरेकी थिइन् ।

सन् २०१५ मा प्रधानमन्त्री भएका टर्नबुललाई लिबरल पार्टीका बहुमत सांसदहरुले नयाँ प्रधानमन्त्री छान्नुपर्ने आवेदन दिएपछि टर्नबुल हटेका हुन् । उनले संसदबाट केही समयपछि राजीनामा गर्ने पुष्टी गरेका छन् । त्यसपछि उनको वेन्टवोर्थको सिटमा उपनिर्वाचन हुनेछ ।

शुक्रबार टर्नबुलले एक पत्रकार सम्मेलनमा भने, ‘पार्टी भित्रका केही मानिस र मिडियाका केही शक्तिशाली आवाजहरुले सरकार ढाल्न होइन, मलाई प्रधानमन्त्रीबाट हटाउन मात्रै योजनाबद्ध रुपमा ममाथि विद्रोह गरे ।’

‘यो असामान्य छ । यसलाई धेरैले पागलपनको संज्ञा दिएका छन् र मलाई लाग्छ यसलाई अर्को रुपमा वर्णन गर्न गाह्रो हुन्छ,’ टर्नबुलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment