Comments Add Comment

गुल्मीको प्रशासन कार्यालयमा सहायता कक्ष र निःशुल्क वाइफाइ

८ भदौ गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सहायता कक्ष र फ्रि (निःशुल्क) वाइफाइ सेवा सुरु गरेको छ ।

नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालय गुल्मीले कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र पि|m वाइफाइ सेवामार्फत सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

कार्यालयमा मुस्कानसहितको सेवा र सेवामैत्री कार्यालय सुरु गरिएको छ । सेवा लिन आउने सेवाग्रहरीसँग मुस्कानसहित नम्र व्यवहारमा सेवा प्रवाह दिन सुरु गरिएको प्रशासकीय अधिकृत पाण्डेयले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने क्रममा कतिपय विचौलियाहरुले बिभिन्न निबेदनहरुसँगै काम गराई दिने वाहनामा ठग्ने गरेको पनि जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

प्रशासन कार्यालयमा लिने सेवा प्रवाहमा कुनै निबेदनहरु लेखे वापत निःशुल्क रुपमै प्रदान गर्ने व्यवस्था कार्यालयले गरेको छ ।

फारम भर्ने, लेखा पढी गर्नेर फोटो खिच्दा सेवाग्राहीलाई ठग्नेहरुलाई त्यस सहायता कक्ष तह लगाउने प्रशासन कार्यालयले अपेक्षा गरेको छ । कार्यालयले १८ वटा भन्दा वढी निबेदनका फरमेटहरु तयार गरेको छ ।

जस मध्ये नावालक परिचय पत्र,नामथर, पारिवारिक प्रमाणित,बिभिन्न राहत सम्बन्धी निबेदन,आदिवासी जनजाति निवेदन, नागरिता प्रतिलिपी, पेन्सनलगायत धेरै कामको लागि निवेदन तथा अन्य जानकारीको लागि सहज रुपमा सहायता कक्षबाट सेवा ग्रहरीले सेवा लिन सक्ने प्रशासकिय अधिकृत पाण्डेयले बताए ।

प्रशासनले बिचौलियाले जिल्लाबाट अभिलेख पठाउने तथा ल्याउनको लागि धेरै रकम असुल्ने गरेपछि प्रशासन कार्यालयले ल्याउने तथा पठाउने निशुल्क रुपमा प्रदान गर्ने गरेको छ ।

सेवाग्रहीलाई बिभिन्न निबेदन लेख्नको लागि ३ सय देखि ५ सयसम्म लिने गरेको पाइएपछि त्यसको अत्यको लागि प्रशासनले निःशुल्क रुपमा निबेदनहरु प्रदान गर्ने गरेको पाण्डेयले बताए ।

राहदानी बनाउनको लागि फोटो तथा फारम भरेको ४ सय देखि ६ सयसम्म रकम लिने गरेको पाइएपछी प्रशासनले एउटै दर रेट कायम गरेको जनाएको छ । राहदानीको फारम भर्ने तथा फोटो खिचे वापत ३ सय दररेट कायम गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताए ।

फोटो तथा फारम भर्नेहरुलाई बोलाएर एउटै दररेटमा फारम र फोटो चिन्ने निर्णय गरिएको पाण्डेयको भनाई छ । राहदानीको फारम तथा फोटो खिचे वापत फरक फरक दर रेट ल्याएको जनगुनासो वढेपछी एउटै दररेट कायम गरेर सहजता ल्याइएको प्रशासन कार्यायल गुल्मीले जनाएको छ ।

नागरिकलाई सेवाप्रवाहमा सुधार ल्याउनको लागि निःशुल्क रुपमा वाइफाइ सेवा पनि सुरु गरिएको प्रशासकीय अधिकृत पाण्डेेेेयले बताए । उनले प्रशासनको कामको लागि आउने सेवाग्राहीलाई सूचनाको पहुँच सहजता ल्याउनको लागि फ्रि वाइफाइ सेवा प्रदान गरिएको उनको भनाइ छ ।

सहायता कक्ष र फ्रि वाइफाइ सेवाले सेवाग्राहीमा सजता ल्याएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सहयता कक्षा दैनिक १८ जना देखि २५ जनासम्म बिभिन्न निबेदनहरु तथा सेवा लिने गरेको प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ ।

उनले कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरिटो र हुन सक्ने काम आफैले गर्न सक्ने बातवरण सहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गर्न सुरु गरिएको बताए । सर्वसाधरण नागरिकले कसैको भनसुनका लागि पछि पर्नु पर्ने त्यसको अत्य चाहन्छौ प्रजिअ पौडेलले भने, ‘चाकरी गरेर प्रशासनिक कामको सेवा लिनु सुहाउँदो कुरा होईन ।’

कतिपय विचौलियाहरुले काम गराई दिने वाहनामा ठग्ने गरेको पनि पाईएको छ उनले भने,’अब हामी विचौलियाहरुलाई गेट भित्र छिर्न नदिने गरी सेवा मैत्री बातवरण बनाई सकेका छौं ।’ कर्मचारीहरुको कार्य जिम्मेवारी स्पष्ट गरी नियमित अनुगमन गर्ने, कार्यालयको अभिलेख व्यवस्थित र कम्प्युटरकृत गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रशासन कार्यालयमा २ वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले ध्वानी वडापत्र सुरु गरेका थिए । बिचमा केही समय त्यो सेवा बन्द भएको थियो । तर हालै भने त्यसलाई अझबढी प्रभावकारी बनाउनको लागि डिजिटल नागरी वडापत्र राखिएको छ ।

नागरिक वडापत्र, वेभसाइट र डिजीटल सूचना पाटी अद्यावधिक गरी प्रविधीमैत्री बनाउने, कार्यालयसँग सम्बन्धित कार्यहरुको विवरण सार्वजनिक गरिने कामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कार्यालयमा विचौलियाको प्रवेश अन्त्य गरी भ्रष्टचारमा शून्य सहनशिलता कायम गर्ने सेवा प्रवाह गरिएको प्रशासकीय अधिकृत पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment