+
+
Shares

कञ्चनपुरमा नेकपाका नेता भीम रावलविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १७:१९

८ भदौ, कञ्चनपुर । नपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले नाराजुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

नेता भीम रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल भइ छानविन समिति गठन भएपछि सामान्य बनेको थियो । तर, पुनः नेविसंघको प्रदर्शनले अशान्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले आन्दोलनलाई थप उग्र हुन नदिन ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?