+

डेम्बेलेको गोलले जोगियो बार्सिलोना

२०७५ भदौ  १० गते १४:०८ २०७५ भदौ १० गते १४:०८
डेम्बेलेको गोलले जोगियो बार्सिलोना

१० भदौ, काठमाडौं । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भायाडोलिडलाई १-० ले हराएको छ ।

नवप्रवेशी क्लब भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाले जितको संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका उसमान डेम्बेलेले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए । सर्जी रोबर्टोले आउटलाइनबाट हेड गरेको बललाई डेम्बेलेले गोलमा परिणत गरेका थिए ।

खेलको अन्तिम समयमा भायाडोलिडले बराबरी गोल फर्काएको भए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले अफसाइड देखिएको थियो । त्यसअघि १० मिनेट बाँकी हुँदा बार्सिलोनाका लुइस स्वारेजले गरेको गोल पनि अफसाइड भएको थियो ।

खेलमा बारम्बार मैदानमा समस्या देखिएको थियो । चौर उप्किने समस्याले आजित बनेका बार्सिलोनाका खेलाडीले मैदान खेल्न योग्य नरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् ।

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक भएको छ । भायाडोलिड १ अंकसहित १५ औं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय