Comments Add Comment

विश्व कुगं–फु दिवस मनाइयो

१०, भदौ काठमाडौं । विश्व कुगं–फु दिवसको अवसरमा खेलाडीहरुले आफ्नो कला प्रर्दशन गर्दै रक्तदान गरेर मनाएको छन् । विश्व कुंग–फु दिवसका अवसरमा खेलाडीहरुले राजधानी काठमाडौंको कोटेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै कुं–फुका खेलहरु प्रर्दशन गरेका थिए ।

तीन सय जना खेलाडीहरुले फरक फरक खेल प्रदर्शन गरेका थिए । खेलाडीहरुले विश्वभर खेलिने कुं–फुको उमेर समूहमा खेल प्रदर्शन गरे । नेपाल कुंग–फु संघका अध्यक्ष सीताराम हुमागाईले खेलकुदका क्षेत्रमा राज्यबाट थप लगानी आवश्यक रहेको बताए ।

कुंग–फु सबै विद्यार्थीहरुले सिक्नु पर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी प्रदीप वोगटीले आत्मरक्षाका लागि खेलकुदको महत्व अपरिहार्य रहेको जिकिर गरे ।

स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा विदेशी प्रशिक्षक अलिन सरलाह अलिले नेपाल कुंग फु खेलमा विश्वभर फरक क्षमता राख्न सक्ने बताए । स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा ६० जनाले रक्तदान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment