Comments Add Comment

सुरक्षागार्ड हत्यामा संलग्न व्यक्ति पक्राउ

१० भदौ, काठमाडौं । मोरङको विराटनगर–२ स्थित बिक्की हार्डवेयरका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–४, जामुनगाछीका २६ वर्षीय सञ्जय सहनी छन् । उनी नै घटनाको मुख्य अभियुक्त भएको प्रहरीले जनाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो ।

यसअघि ३ भदौमा रडले प्रहार गरेर सुरक्षागार्ड भट्टराईको हत्या भएको थियो । प्रहरीका अनुसार पसलको सीसी टीभी फुटेललाई आधार बनाएर अनुसन्धान गर्दै जाँदा सहनी पक्राउ परेका हुन् ।

उनीमाथि कर्तव्य ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment