+
+

बसन्तपुरमा गाईजात्रा, हेर्नुस् ११ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १२:१३

११ भदौ, काठमाडौं । परम्परागत गाईजात्रा पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइएको छ । दिवंगत आफन्तको सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा पनि गाईजात्रा निकालेर नगर परिक्रमा गरिएको छ ।

खासगरी नेवार समुदायले मनाउने यो पर्व भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन सांस्कृतिक उत्सवको रुपमा मनाइन्छ ।

एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

बिभिन्न प्रहसन र व्यंग्यात्मक कार्यक्रम गरेर पनि गाईजात्रा पर्व मनाउने गरिन्छ । गाईजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?