११ भदौ, काठमाडौं । बंगलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औं साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
अभ्यासमा रहेका ३० सदस्यीय टोलीबाट अन्तिम २० जना छनोट गरिएको हो । प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी खेलाडी छानेका हुन् ।
राष्ट्रिय टोलीमा चार वर्षपछि निराजन खड्का फर्किएका छन् । यस्तै पहिलोपटक सुमन अर्याल पनि राष्ट्रिय टोलीमा परेका छन् । पहिले टोलीमा रहेका जर्ज पि्रन्स कार्की र कमल श्रेष्ठ भने बाहिरिएका छन् ।
नेपाल साफको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै रहेको छ ।
को को छन् नेपाली टोलीमा ?
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल ।
मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।
फरवार्ड – भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट
प्रतिक्रिया 4