१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १०० रन पूरा गरेको छ ।
खराव सुरुवात गरेको नेपालले ओपनर सुवास खकुरेलको अर्धशतकसँगै १०० रन पुरा गरेको हो ।
खकुरेल अर्धशतक बनाए लगतै आउट भएका छन् । उनले ९३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सुवासको यो पहिलो अर्धशतक हो ।
यसअघि नेपालले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई सस्तैमा गुमाएको हो । नेपालले कप्तान पारसले १६, उपकप्तान ज्ञानेन्द्रले ४ र सागरले ३ रन बनाएर आउट भए ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्ृकष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।
सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।
प्रतिक्रिया 4