Comments Add Comment

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कुनै पनि कर नलिने

१५ भदौ, सिन्धुपाल्चोक । देशभरका स्थानीय निकायले गरेको कर वृद्धिको चौतर्फी आलोचना भइरहेको बेला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले भने सिफारिसलगायतका सेवा प्रवाह गर्दा कर नलिने नलिने घोषणा गरेको छ ।

गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले जन्म दर्ता, मृत्यु दर्तालगायत सबै सिफारिसमा कर नलिने निर्णय गरेको हो ।

‘देशभरका स्थानीय निकायले कर वृद्धि गरेपछि आलोचना भयो त्यसैले हामीले गाउँपालिका,वडा तहले लिने सबै कर नलिने निर्णय गरेका छौं’, गाउँपालिका अध्यक्ष श्रवणकुमार जीसी (विनोद)ले भने ।

गाउँपालिकाअन्र्तगतका वडाहरुले यसअघि नागरिकता, जन्म दर्तालगायत विभिन्न २८ शीर्षकका सिफारिसबापत कर लिने गरेको थियो । अब गाउँपालिकाको निर्णयसँगै वडा र गाउँपालिकाबाट हुने सिफारिसलगायत अन्य सबैमा कर नलिने निर्णय भएको अध्यक्ष जीसीले जानकारी दिए ।

जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाइ सराइ, नाता प्रमाणित,जन्म प्रमाणित, विवाहीत÷अविवाहीत प्रमाणित गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

त्यस्तै नागरिकता सिफारिस, नाम थर संशोधन सिफारिस, नेपाली नागरिकता प्रमाण (विवाहित अंगिकृत), साधारण विवध सिफारिसमा कुनै शुल्क नलाग्ने गाउँपालिकाका कार्यकारी अधिकृत वीरबहादुर बस्नेतले बताए ।

नेपाली कांग्रेसले चुनाव जितेका स्थानीय तहमा देशभर नै यसअघि करको दरमा हेरफेर गर्न निर्देशन दिएको थियो । सुनकोशी गाउँपालिकामा पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयलाई मार पर्ने कुनै पनि कर नलिन निर्देशन दिएका थिए । निर्देशनलगत गाउँपालिकाबाटै निर्णय गरेर कर नलिने निर्णय गरेको वडा नम्बर ७ का अध्यक्ष रामकुमार थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment