+
+

एसिया कप छनोट: ओमानको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते १३:२८

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा ओमानले लगातार तेस्रो जित हात पारेको छ । यससँगै ओमान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार सिंगापुरले दिएको २१५ रनको लक्ष्य ओमानले मात्र २६.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका अकिब सुलेरीले शतक बनाए । ७१ बलको सामना गरेका उनले १२ चौका र ६ छक्काको मदतमा १०८र रन बनाए ।
जितेन्दर सिंहले ५३ र खवर अलीले ३६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाएको थियो ।

उसका अनिस परम र रोहन रेंगरेजनले दोस्रो विकेटका लागि १०६ रनको साझेदारी गरेका थिए । अनिसले ७७ रन बनाए भने रोहनले ६८ रनको पारी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?